६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

तीन छोराछोरी हत्या गरी फरार रहेकी आमा पक्राउ

राजविराज—करिब दुई हप्ताअघि आफ्नै तीन छोराछोरीको हत्या गरी फरार भएकी एक आमालाई शुक्रबार सप्तरी प्रहरीले सुनसरीको हरिपुर गाविस–१ बाट पक्राउ गरेको छ।


पक्राउ पर्नेमा तेरहौता गाविस–३ की कुडी भनिने सजनीदेवी सदा रहेको प्रहरीले जनाएको छ।

उनलाई करिब दुई हप्ताअघि बैरवा गाविसस्थित सप्तकोसी नदीको पश्चिम तटबन्धनको छेउमा रहेको दोभान पोखरीमा आफ्ना तीन छोराछोरीको हत्या गरी फालेको अभियोग लगाइएको छ।अभियुक्त कमजोर देखिएकाले इलाका प्रहरी कार्यालय कञ्चनपुरको निगरानीमा राखेर ठेलियामास्थित धर्मेश्वर अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: २ माघ २०७१ २१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App