४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

झापामा उत्साहजनक मनोनयनः ५ निर्वाचन क्षेत्रमा ९० उम्मेदवार मैदानमा

आगामी निर्वाचनका लागि झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले आज उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन्।

मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी डिल्लीराम प्रसाईका अनुसार पाँचवटा निर्वाचन क्षेत्रमा कूल ९० जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।

निर्वाचनमा २१ वटा राजनीतिक दलका ७३ जना र १६ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन्।

क्षेत्र नं-१ बाट क्षेत्रमा दुई जना स्वतन्त्रसहित १५ जनाले मनोनयन दर्ता गराएका छन्। क्षेत्र नं-२ मा तीन जना स्वतन्त्रसहित १८ जनाको उम्मेदवारी परेको छ।  

क्षेत्र नम्बर-३ मा दुई जना स्वतन्त्रसहित १७ जना, क्षेत्र नं ४ मा एक जना स्वतन्त्रसहित १६ जना र क्षेत्र नं ५ मा नौ जना स्वतन्त्रसहित २४ जनाको उम्मेदवारी परेको छ उनले जानकारी दिए।

ठूला दलका शीर्ष नेतादेखि स्वतन्त्र उम्मेदवारसम्मको सक्रियताले झापाको चुनावी माहोल निकै रोचक बन्ने देखिएको छ।

प्रकाशित: ६ माघ २०८२ २१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App