१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

आन्दोलनपछि सहकारीद्वारा बचत रकम फिर्ता सुरु

अनन्त बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सूर्यविनायक भक्तपुरले वचत रकम फिर्ता दिन थालेको छ। यसअघिको प्रतिबद्धता अनुसार प्रति वचतकर्तालाई १०-१० हजार बचत रकम फिर्ता गरेको जनाइएको छ।

संस्थाका अध्यक्ष कृतन प्रजापतिले आइतबार नै संस्थाको फेसबुक पेजबाट आफूहरु वचत रकम खाएर नभाग्ने र कार्यालय दैनिक रुपमा खुल्ला रहने विश्वास दिलाएका छन्। उनले फेसबुकमार्फत सहकारीको नौ करोडमध्ये सात करोड फिर्ता दिइसकेको र अब बाँंकी रहेको दुई करोड पनि फिर्ता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

हाल साढे दुई करोड बढी प्रवाह भएको ऋण उठाउन बाँंकी रहेको जनाउँदै उनले ऋण पनि उठाउँंदै लैजाने र वचत पनि फिर्ता गर्दै जाने योजना सुनाए।  

यसअघि शुक्रबार सो संस्थाका अध्यक्ष कृतन प्रजापतिले आइतबार बचतकर्ताहरुलाई १०-१० हजार रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए। उनले भक्तपुर नगरपालिका वडा नं ६ भोलाछेंको वडा कार्यालय परिसरमा लिखित रुपमा सो प्रतिवद्धता जनाएका थिए। 

यसअघि त्यहाँं बचतकर्ताहरुले आफूहरुको बचत रकम फिर्ता गर्न माग गर्दै आन्दोलन गरेका थिए। दिनभरको घेराउ आन्दोलनपछि साँंझ सहमतिमा पुगेर टुंगेको थियो।  

भक्तपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवाल, सदस्यहरु गोविन्द दुवाल, रोशनीमैयाँं सुवाललगायतको रोहबरमा लिखित सहमति भएको थियो। लिखित सहमतिपछि अध्यक्ष प्रजापतिलाई छोडिएको थियो। त्यो बेला ६ महिनापछि सवै बचत रकम फिर्ता दिने प्रतिवद्धता पनि प्रजापतिले गरेका थिए। सवैको बचत रकम फिर्ता गरेपछि मात्रै वडाले प्रजापतिको वडाले दिनुपर्ने सिफारिस दिने वडा अध्यक्ष हरिराम सुवालले जनाएका छन्। 

प्रकाशित: १ चैत्र २०८२ १९:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App