नेपाली कांग्रेसले मोरङको छ वटा निर्वाचन क्षेत्रमा नयाँ र परिपक्व नेताहरूलाई फागुन २१ गते हुने आम निर्वाचनमा उम्मेदवार बनाएका छन्। मंगलबार भएको उम्मेदवारी मनोनयनमा कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला, पूर्व मन्त्री मीनेन्द्र रिजाल, कांग्रेस महामन्त्री गुरुराज घिमिरे, कांग्रेसभित्र खड्ग फागो, सुनिल शर्मा, फुलकुमार लालवानीलाई उम्मेदवार बनाएको छ।
मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसभित्र खड्ग फागोलाई उम्मेदवार बनाउन दबाब बढ्दै गएको छ। उर्लाबारीका पूर्व नगरप्रमुख तथा कोसी प्रदेश सह–महामन्त्री खड्ग फागो र नेतृ दिव्या बस्नेतको नाम सिफारिस गरेको छ । विकास, सुशासन र सङ्गठनात्मक क्षमताका कारण खड्ग फागो लोकप्रिय उम्मेदवारका रूपमा अघि बढ्दै हुनुहुन्छ। नगरप्रमुख हुँदा सडक, खानेपानी, शिक्षा र सहरी पूर्वाधारमा देखिने काम गरेकाले उहाँप्रति कार्यकर्ता र मतदाताको विश्वास बढेको छ। पार्टीभित्र नेतृत्व नवीकरण र जितमुखी रणनीतिको बहस तीव्र बन्दै जाँदा मोरङ–१ मा कांग्रेसको अन्तिम छनोट खड्ग फागोतर्फ झुकिँदै गएको देखिन्छ।
कांग्रेसका नेता तथा पूर्व मन्त्री डाक्टर मीनेन्द्र रिजाल मोरङ–२ बाट पुनः चुनावी मैदानमा उत्रिएका छन्। आगामी निर्वाचनका लागि कांग्रेसका तर्फबाट उनले मोरङ–२ मा उम्मेदवारी दर्ता गराएका हुन्। रिजालले सोमबार साँझसम्म टिकट पाउने सम्भावना न्यून थियो। तर, शेखर कोइरालाको जोडबलमा उनले टिकट पाएर मनोनयन दर्ता गरेका छन्। क्षेत्र नम्बर २ मा रिजालसँग नेकपा एमालेबाट दिलीप बगडिया, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रवीर राई, रास्वपाबाट कृष्णकुमार कार्कीसहित १७ जनाले प्रतिस्पर्धा गर्दैछन्। कांग्रेसले क्षेत्र नम्बर ३ मा सुनिल शर्माले टिकट पाएका छन्। नेकपा एमालेबाट इरान राई, नेपाली कम्युनिस्ट पार्टीबाट डा. देवेन्द्र सम्बाहाम्फे र रास्वपाबाट गणेश कार्की उम्मेदवार बनेका छन्। यो क्षेत्रमा ७ जना स्वतन्त्रसहित २१ जनाको उम्मेदवारी परेको छ।
क्षेत्र नम्बर ३ मा १ लाख ५८ हजार ५७ जना मतदाता छन्। कांग्रेस महामन्त्री गुरुराज घिमिरे मोरङ–४ बाट उम्मेदवार बनेका छन्। २०५९ सालमा नेपाल विद्यार्थीको अध्यक्ष हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका घिमिरे पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन्।
मोरङ–५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ फुलकुमार लालवानीको नाम सिफारिस भएको छ। भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन पछि सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने मिति तोकिएको छ। लालवानी मोरङ जिल्लाको जहदा गाउँपालिकाको वडा–२ बाट कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका छन्। मोरङ जिल्लाको दक्षिणी सीमान्त क्षेत्रमा रहेको मोरङ–५ मा ९० प्रतिशत मधेसी मतदाता रहेका छन्। लालवानी विराटनगरको मारवाडी समुदायका व्यक्ति हुन्। उनको मोरङ–५ मा राम्रो पकड रहेको छ।
कांग्रेसले मोरङ–६ डा. शेखर कोइराला उम्मेदवार बनेका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति हुन्। २००७ मा कोइराला परिवारका जन्मेका शेखर २०७९मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि यसअघि सोही क्षेत्रबाट ३५ हजार बढी मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार एवं पूर्व मन्त्री लालबाबु पण्डितले २२ हजार ९४६ मत प्राप्त गरेका थिए। शेखरले फागुन २१ गते हुने निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवारी दिएका छन्।
प्रकाशित: ६ माघ २०८२ २०:५७ मंगलबार





