४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

मोरङ ६ मा रास्वपाकी रुविना कांग्रेसका कोइरालाभन्दा करिब २० हजार मतले अगाडि

मोरङ क्षेत्र नं. ६ मा रास्वपाकी उम्मेदवार रुविना आचार्यले अग्रता बढाउँदै लगेकी छिन्।

आचार्य नेपाली कांग्रेसका नेता डा. कोइरालाभन्दा करिब २० हजार मतले अगाडि भएकी छिन्।

आचार्यले २६ हजार ५ सय ८५ मत ल्याउँदा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ७ हजार १ सय ६७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार विनोद ढकालले ४ हजार ८ सय ३१ मत प्राप्त गरेका छन्।

श्रम संस्कृति पार्टीका मातृका पौडेलले २ हजार १ सय ३३ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ २१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App