आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा चितवनका तीन वटा निर्वाचन क्षेत्रबाट ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालय चितवनका अनुसार मंगलबार सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर १८ जना महिला सहित ६५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । तीन वटा निर्वाचन क्षेत्रमा १६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १मा ४ जना स्वतन्त्र सहित १९, क्षेत्र नम्बर २मा ६ जना स्वतन्त्र सहित २३ र क्षेत्र नम्बर ३मा ६ स्वतन्त्र सहित २३ जनाले उमेद्वारी दर्ता गरेको चितवन क्षेत्र नम्बर २का साहायक निर्वाचन अधिकारी देवी भण्डारीले जानकारी दिए ।
चितवन क्षेत्र नम्बर १मा नेपाली कांग्रसबाट राजेन्द्र बुर्लाकोटी, नेकपा (एमाले)बाट दाजा दोर्जे लामा, नेकपाबाट डाक्टर कृष्ण पन्त, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट हरि ढकालले उम्मेदवारी दिएका छन् । ढकाल यसअघि निर्वाचत सांसद हुन् । यसैगरी जनता समाजवादी पार्टी, नेपालका अजय ठाकुर हजाम, श्रम सस्कृति पार्टीका अनिल तामाङ, नेपाल मजदुर किसान पार्टीका अर्जुन प्रजा, नेशनल रिपब्लिक नेपालका ईश्वर कुमार गुरुङ, नेपाल कम्यूनिस्ट पार्टी (माओवादी)का गणेश बहादुर श्रेष्ठ, उज्यालो नेपालका धनबहादुर गुरुङ, मंगोल नेश्नल अर्गनाईजेशनका प्रेम लाल चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका विकाश कामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम शर्मा खनाल, राष्ट्रिय जनमोर्चाका सीता देवी क्षेत्रीले उम्मेवारी दिएका छन् । यस्तै स्वतन्त्रबाट हरिप्रसाद रेग्मी, सौरव कंडेल, संजय रिजाल र रामेश्वर प्रसाद घिमिरे रहेका छन् ।
यता चितवन क्षेत्र २बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित २३ जनाले उम्मेद्वारी दिएका छन् । उनले रास्वापा भरतपुर महानगर सभापति सीता ज्ञवालीको वारेस नाममार्फत उमेद्वारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत देवीराम भण्डारीले जानकारी दिए । लामिछानेको प्रस्तावकमा विक्रम श्रेष्ठ र समर्थकमा रामजी ठकुरी छन् । लामिछानेको सहकारी ठगी मुद्दामा जिल्ला अदालत पर्सा रहेका कारण आउन ढिला भएपछि वारेस नामामार्फत उम्मेदवारी दिएका हुन् । यस्तै सोही क्षेत्रबाट नेपाली कांग्रेसकी नेतृ मिना खरेललको पनि उम्मेदवारी परेको छ । नेकपा (एमाले)बाट युवा नेता अस्मिन घिमिरे, नेकपाबाट प्रताप गुरुङ, राप्रपाबाट जगदिश अधिकारी, राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा, उज्याले नेपाल पार्टीबाट निकुमार पाख्रिङ, नेपाल मजदुर किसान पार्टीका शोभा बासुकला, नेश्नल रिपलब्लिकन नेपालका शक्तिराज गुरुङ, मंगोल नेश्नल अर्गानाईजेशनका श्रृषा गोले, प्रगतीशित लोकतान्त्रिक पार्टीका प्रकाश बहादुर पाण्डे, श्रम संस्कृति पार्टीका मिलन थापा मगर, नागरिक उन्मुक्ति पार्टीका सुवास महत्तो, जनता समाजवादी पार्टी नेपालका कमनसिंह चौधारी, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)का दिर्शना कुमारी शाही, जनमत पार्टीका निर्मला कुमारी ठाकुर र आम जनता पार्टीका देविकुमारी मगरले उम्मेदवारी दिनुभएको छ । यस्तै प्रताव तामाङ, इन्द्रबहादुर स्याङ्ताङ, प्रविन सापकोटा, कृष्ण प्रसाद चापागाई र शंकु प्रसाद जैसी रहेका छन् ।
चितवन क्षेत्र नम्बर ३मा यसपटक पनि रोचक हुने देखिएको छ । यहाँबाट नेपाली कांग्रेसका नेता टेकप्रसाद गुरुङ, नेकपा एमालेका शंकर थपलिया, नेकपाकी रेनु दाहाल र रास्पाकी सोविता गौतमले उम्मेदवारी दिएका छन् । यस्तै नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)बाट आशिक प्रसाद महतो, राष्ट्रिय जनमोर्चाबाट कृष्णबहादुर केसी, नेपाल कम्यूनिष्ट पार्टी (संयुक्त)बाट जितबहादुर वि.क, मंगोल नेशनल अर्गनाईजेशन टेक बहादुर तामाङ, उज्यालो नेपालका तर्फबाट डम्बर बहादुर तामाङ, श्रम संस्कृति पार्टीको तर्फबाट जोजमान गुरुङ, जनता समाजवादी पार्टी, नेपालका तर्फबाट थमन सिग सुनार, राष्ट्रिय प्रजानतन्त्र पार्टीबाट दिपक थापामगर, नेपाल मजदुर किसान पार्टीका तर्फबाट बद्री लक्ष्मी कर्वा, राष्ट्रिय नागरिक पार्टीका तर्फबाट विजन गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट बुद्धिराज तामाङ, नेशनल रिपब्लिक नेपालका सेतीमायाँ गुरुङ र नागरिक उन्मुक्ति पार्टींका तर्फबाट हरिमायाँ महत्तो रहेका छन् । यसैगरी रोलबहादुर गुरुङ, रञ्जना पौडेल, मधुमायाँ अधिकारी, पार्वती पौडेल(काफ्ले), कृष्णप्रसाद अधिकारी र इन्द्रमायाँ पौडेलले पनि उम्मेदवारी दिएका छन् ।
चितवनमा ४ लाख ४२ हजार ८२ मतदाता रहेका छन् । यसअघि चितवन क्षेत्र नम्बर १मा रास्वपाका हरि ढकाल, २मा रवि लामिछाने र ३मा राप्रपाका विक्रम पाण्डेले जितेका थिए । यसपटक विक्रम पाण्डेभने उठेनन् । उनले आफ्नो ठाउँमा युवा दिपक थापामगरलाई अगाडि सारेका छन् ।
प्रकाशित: ६ माघ २०८२ २१:१४ मंगलबार





