४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

उदयपुर-१बाट बागी उठे कल्याण रोका

उदयपुर-१बाट कल्यणा रोका(देवराज)ले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट सिफारिसमा परेका उनी पार्टीले उम्मेदवार नबनाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  

चीनको बेइजिङस्थित अन्तर्राष्ट्रिय विश्व विद्यालयबाट राजनीतिक अर्थशास्त्रमा पिएचडी हासिल गरेका उनको उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ ।  

रोकाको उम्मेदवारी मनोनयनको अवसरमा स्थानीय नवयुवाको उत्साहपूर्वक सहभागिता थियो । शिक्षित, वैचारिक र स्वच्छ राजनीतिमा विश्वास राख्ने डा. रोकाको उम्मेदवारीले उदयपुरको राजनीतिक माहोलमा नयाँ आशा, विश्वास र सकारात्मक सन्देश प्रवाह गरेको मनोनयन दर्ता गर्दा भेला भएका सहभागीले बताएका छन् ।

 

प्रकाशित: ६ माघ २०८२ २१:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App