उमेरमै फिल्म करिअरलाई टुंग्याउने हिरोइनको सूचिमा यो साता सुरभी जैन थपिएकी छिन्। उनले फेसबुकमार्फत फिल्म क्षेत्रबाट टाढिएको घोषणा गरेकी हुन्।
फिल्म 'समय'बाट हिरोइनका रूपमा अघि बढेकी सुरभीको सुरुवात नै कमजोर भयो। कारण, उक्त फिल्म असफल रह्यो। त्यसपछि केही फिल्ममा अभिनय गरेर करिअरलाई जारी राखेकी थिइन्। हिरोइनका रूपमा आएको तीन वर्षमा सम्भावनाका नयाँ किरण कतै देखा नपरेपछि उनी पछि हटेकी हुन्। उनले फेसबुकमा लेखेको स्ट्याटसमा फिल्म करिअरमा फुलस्टप नभई कमामात्रै लगाउने संकेत गरे पनि उनी फर्किनै आधार भने छैनन्। उनले लेखेकी छिन्, 'फिल्म उद्योगबाट ब्रेक लिँदैछु। सवैको माया र सहयोग पाउँदा एकदमै खुशी छु। म बुबाको बिजनेसमा लागेँ। सिक्दै छु। राम्रो उद्यमी बन्ने कोसिस गर्नेछु।' उनले अभिनय गरेका केही फिल्म प्रदर्शनको क्रममा छन्।
प्रकाशित: २५ पुस २०७१ १०:४५ शुक्रबार





