१६ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

विमानस्थलबाट चढेकी यात्रुको सामान फिर्ता नगर्ने ट्याक्सी चालक पक्राउ

काठमाडौं— ट्याक्सीमा छुटेको सामान यात्रुलाई फिर्ता नदिने एक ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। पुस १६ गते एयरपोर्टबाट ट्याक्सीमा सितापाईलासम्म जाने त्रममा सितापाईला बस्ने माईली तामाङ्गको छुटेको सामान फिर्ता नदिने दोलखा क्षेत्रपा ८ घर भई हाल पुरानोबानेश्वर भिमसेनगोला डेरा गरी बस्ने बा १ ज २८३६ नम्बरको ३६ बर्षका लोकबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गत बुधबार स्वदेश फर्किएकी माईली तामाङको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सितापाइला जाने क्रममा व्यागमा रहेको १ थान पासपोर्ट, २ थान मोबाईल लगायत ४१ सय अमेरीकी डलर, ६५० भारतीय रुपैयाँ र सुनको सिक्री एक थान ट्याक्सीमा छुटेको थियो। ट्राफिक प्रहरीले अनुसन्धान गरी ट्याक्सीमा छुटेको सामान बरामद गरी सम्बन्धित धनीलाई आजै बुझाएको छ।

भाडा कारमा छुटेको सामान नबुझाउने निज चालकलार्ई थप कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं हुनुमानढोका पठाईएको छ ।

प्रकाशित: १८ पुस २०७१ ०८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App