६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

यौन दुर्व्यबहार आरोपमा पक्राउ परेका प्रहरी सहायक निरिक्षक धरौटीमा रिहा

खोटाङ- खोटाङमा मानसिक सन्तुलन गुमाएकी युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक धरौटीमा रिहा भएका छन्। मिलको फित्ताले बाँधेर मानसिक सन्तुलन गुमाएकी स्थानीय १८ वर्षीया युवतीलाई जबरजस्ती बलात्कार गर्न खोजेको आरोपमा गत कातिक-१० गते पक्राउ परेका प्रहरी चौकी बाराहा पोखरीका प्रहरी सहायक निरीक्षक राजेन्द्रप्रसाद यादव धरौटीमा छुटेका हुन्।राति सुतीरहेकी युवतीलाई कोठामा गएर कात्तिक-९ गते जबर्जस्ती गर्न खोजेको भन्दै आफन्तले दिएको उजुरीको आधारमा भोलिपल्ट पक्राउ परेका यादव जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमको इजलासले धरौटीमा छुटेको अदालतले जनाएको छ।

युवतीमाथि उनले जबरजस्ती करणी गर्न खोजेपछि चिच्याउँदा आफूहरुले थाहा पाएको आफन्तले दिएको उजुरीमा उल्लेख छ। यौन दुर्व्यबहारमा परेकी युवती आफैँ किटानी जाहेरी दिन सदरमुकाम दिक्तेल आएकी थिइन्।

प्रकाशित: ७ पुस २०७१ ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App