श्रेया पोखरेल
कक्षा–९, विरेन्द्र सैनिक महाविद्यालय, भक्तपुर ।
डुब्न लागेका घाम जस्ता
वृद्धा भएका आमाबाबु छोडी
तातेताते गर्दै हिँड्ने त्यो सानो बालकको
रुन्चे बोलीलाई सम्झिदै
शीरमा रातो टीका अनि फूलको माला
भिरेर मुटु भारी बनाउँदै
दुई सरे कपडा अनि हरियो पासपोर्ट
सुटकेसलाई डोरयाउँदै
श्रीमतीको आँसु पुछिदिँदै बिदा माग्दै
आफ्नो मनलाई सम्हाल्दै
किन जान्छौं युवा अर्काको दास बन्न
विदेशी भूमिमा रगत र पसीना बेच्न
बिरामी हुँदा दुई थोपा पानी नपाई
आकुलव्याकुल पार्ने देशमा
आफ्नो स्वाभिमान नै गुमायौ नि
दुई पैसा कमाउने नाममा
वृद्ध भएका आमाबुवा तिम्रो आशमा बाँचिरहेछन्
छोरा आउने दिन गन्दै पर्खिरहेछन् ।
देशको चिसो हावा अनि न्यानो माया छोडी
परदेसियौ दुई पैसाको लोभमा राम्रो जागिर ।
प्रकाशित: ९ श्रावण २०७७ ०९:४६ शुक्रबार