आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले रौतहट क्षेत्र नम्बर-१ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष नेपालले मनोनयन पत्र दर्ता गराएका हुन्।
यस क्षेत्रमा नेपालको मुख्य प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका तर्फबाट अजय गुप्ता चुनावी मैदानमा उत्रिएका छन्। विगतका निर्वाचनमा पनि यी दुई नेताबीच कडा प्रतिस्पर्धा हुँदै आएको थियो।
यसैगरी, सोही निर्वाचन क्षेत्रमा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बाट त्रिभुवन साहले उम्मेदवारी दिएका छन् भने जनता समाजवादी पार्टी (जसपा) बाट योगेन्द्र यादवले मनोनयन दर्ता गराएका छन्।
त्यस्तै, तराई-मधेशमा प्रभाव जमाउँदै गरेको जनमत पार्टीका तर्फबाट देवेन्द्र मिश्रले पनि उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रकाशित: ६ माघ २०८२ १५:३१ मंगलबार





