१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

लकडाउन बन्यो मग्न मनहरूको सडक

सुधिर ढुङ्गेल

साँझको समय । चिल्लो कालोपत्रे सडक । जेठको महिना । ३ वर्षको साना बच्चा देखि तन्नेरीहरूको एक झुण्ड मुखमा मुखौटो लगाएर सडकमा निस्कन्छन्। यस बेलासम्म वातावरणमा सितलता आईसकेको हुन्छ । सामाजिक दुरीलाई पनि परिपालना गर्दै १० बर्षे एरियाना ढुङ्गेल इनलाइन स्केट र हेलमेटमा विस्तारै सडकमा गुड्न थालिन । 

अर्का ३ वर्षे एरिन् ढुङ्गेल पनि आमाको साथमा साना खुट्टाले फुटबल खेल्न थाले । ९ वर्षे सुलक्षण ढुङ्गेल, ७ वर्षे क्रिस्टल पौडेल, १० वर्षे आदित्य ढुङ्गेल र ९ वर्षे प्रसुन ढुङ्गेल चौर पट्टीको भागमा जिम्यास्टीक हान्दै थिए । स्वफुर्त मग्न मनहरूले खेलेको खेल हेर्दा मानाैं यस स्थान लकडाउनको कुनै चिन्ता छैन्।

फेरी त्यही माथिबाट दिपेन्द्र खरेल इनलाइन स्केटमा तिव्र गतिमा आए । संगसंगै मनोज आचार्य हात छोडेर साईकिलिङमा हुईकिदै थिए । नविन ढुङ्गेल पनि स्केटबोर्डमा घोप्टो परि सुतेर हावासंगै गुडेको भानमा मग्न थिए । यि तमाम कृयाकलापहरूको भिडियो क्यामरामा कैद गर्न सुदन ढुङ्गेललाई हम्मेहम्मे पर्दै थियो । सुदनलाई यि दृश्यहरू कैद गर्न अगाडी–अगाडी मोटरसाईकल चलाएर अजय ढुङ्गेल साथ दिदै थिए । 

उता अनुप आचार्य पनि उक्त दृश्यहरू  मोवाइलमा कैद गर्न हौसि रहेका थिए । माहोल एक्का एक अनौठो भएर आयो । त्यसैले होला धेरै इभिनिङ्गवाक गर्ने जनसमुदायहरू टक्क उभिएर रमिता हेर्न थाले । सबैको मनमा यो के गर्न लागिएको हो भन्ने कौतुहलता लाग्यो । कसैले सुटिङको तर्क काटे । हेर्दा कुनै विकसित देशको शहरको सडकमा खेलिएको खेल जस्तो । तर यथार्थता भने यि सबै खेलहरू लोकल स्टन्ट व्यायम थियो ।  

कागेश्वरी मनोहरा न.पा. वडा नं ६ काठमाडौं ढुङ्गेल गाउँको यस सडकमा आजकाल यस्ता रमाईलो खेलहरू देखिन थालेको छ ।  कोरोना (कोभिड १९)का कारण नागरिकहरूको जिवन रक्षा गर्न सरकारले लकडाउन गरेपछि स–साना बालबालिकाहरू, स्कूल जाने उमेर समुहका बालबालिका र उच्च शिक्षा अध्ययन गरिरहेका तन्नेरीहरू घर भित्र बस्न बाध्य भएका छन्। उनीहरूको मानसिक र शारिरीक तनाव हटाउन दिनको एक दुई घन्टा भएपनि यस्ता खेलले मद्दत मिल्ने गरेको छ । त्यसैले आफ्नो बच्चाहरूलाई सुरक्षित रुपमा बाहिर जान दिने गरेको सो वडाबासी समाजसेवी सरोज ढुङ्गेल बताउँछन्।

२०७६ सालमा यस नगरपालिकाको वजेटमा कालोपत्र गरिएको उक्त सडकमा यस वडा र छिमेकी वडाका सबै उमेर समूहका मानिसहरूलाई जगिङ्ग गर्ने, खेल्ने, साइकिलिङ र आराम गर्ने थलोको रुपमा चिनिन थालेको छ ।          

‘घर भित्र कहिले टि.भि., कहिले आफ्नै आई टि को काम, कहिले सामाजिक संजाल सधै यही गर्दा दिक्क लाग्छ । कहिले बेलुकाको ५ बज्छ र घर बाहिर निस्केर त्यही सडकमा जाउँ जस्तो लाग्छ । त्यस समयसम्म प्राय सबै गाउँका साथीभाईहरू त्यहाँ पुग्छन्। सामाजिक दुरी कायम गरेर आफु पनि खेल्ने र स–साना भाईबहिनीहरूलाई खेल्न सिकाउँदा धेरै आनन्द आउँछ । अनि दिनभरको तनाव पनि नरहने तर्क गर्छन सामाजिक युवा अभिन्यता अरुण ढुङ्गेल । आफुलेनै यस ठाउँमा यस्तो खेलको सुत्रपात गरकोले नै आज सबैले सिक्ने मौका पाएको उनको दावी छ ।’ र्

गाडीको चहल पहल न्यून । फराकिलो सडक । हरियाली र स्वच्छ वातावरणले अन्य ठाउँको तुलनामा यस ठाउँको प्रदुषण निकै कम छ । वातावरण इन्जिनियर द्धारिका फुयालको बताउँछन्। त्यसैले सधै यस ठाउँमा मर्निङ वाल्क र इभिनिङ वाल्क गर्न आउने गर्दछु । यहाँ आउँदा आनन्द आउने र भाईबहिनीहरूले अनुशासिसत रुपमा अन्तर्राष्ट्रिय स्तरको खेलिने खेलको निखारता देखेर अचम्मित भएको तर्क गर्छन्। यस्तो खेलले संपूर्ण भाईबहिनीहरूको शारिरीक र मानसिक विकास हुने र यस्ता खेलले अन्य वडाका भाईबहिनीहरूलाई पनि प्रेरणा हुने इन्जिनियर फुयाँल दावी गर्छन ।’

भर्खरै बसन्तले छाडेर गएको हरियाली । ग्रिष्मको घाम अनि वर्षाको  मलजलले अझ हरियाली बनाएकोे सडक संगै जोडिएका पाखो र नजिकै रहेको हरियो वन । घामको अन्तिम प्रहर त्यही प्रकृतिमाथि स्पर्स गर्दा साच्चैको आहा प्रकृती ! कसको मन हर्षित नहोलार ? त्यहि प्रकृतीको उमङ्गले मग्नमनहरू खेललाई ‘डवल स्टन्ट’ दिन आतुर हुन्छन्।  

आज सन्ध्याको अन्तिम प्रहर फुटबलको विभिन्न रुपको कुसलता प्रर्दशन गरिरहेका, सदिस ढुङ्गेल, आयुस ढुङ्गेल, संस्कार ढुङ्गेल, सक्षम पौडेल पनि थाकेका देखिन्छन्। सुभेक्षा ढुङ्गेल र अग्रिमा ढुङ्गेल पनि स्केटबोर्ड सिक्दा सिक्दा थाकिसके । छोई डुम खेल्नेहरू पनि थाक्दै जान थाले । खेल खेलेर थाकेका तनहरू फेरी सडक छेउपट्टीको भागमा बसेर रमाईलो गर्न थाल्छन्। सामाजिक दुरीको नियम पालना गरेर पहिला कोरोनासंग बच्न पर्यो । 

अनि मात्र खेलका समिक्षा अनि मात्र रमाईलो । प्रसान्त ढुङ्गेल, सदिच्छा ढुङ्गेल, युनिसा ढुङ्गेल, संस्कृती ढुङ्गेल, र आर्यन ढुङ्गेल लगायतका खेलाडीहरू रमाइलो प्यारोडी गीत गाउँछन । गीत सुनेर ऋषिराम ढुङ्गेल यसरी हास्छन । उनको हाँसो सुनेर गाउँवरपरका केके न भयो भनेर कान टाँठा राख्दै थिए । यस बेलासम्म झक्मे साँझका झ्याउकिरि कराउन थालिसकेका हुन्छन् ।

प्रकाशित: २३ जेष्ठ २०७७ १७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App