२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्य

कोरियाली प्रायद्वीपको समस्या समाधान गर्न नेपाल तयार : देउवा

अमेरिका— प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रसंघमा सम्बोधन गर्दै विश्व आतंकवादलाई समाधान गर्नु नै अहिलेको चुनौति रहेको बताएका छन्। न्युयोर्कमा आज गरेको सम्बोधनमा आतंकवादलाई समाधान गर्न विश्व समुदायबीच सहकार्यबाट मात्रै सम्भव रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई न्युयोर्कमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आतंकवादको समाधानबाट मात्रै विश्वमा शान्ति र विकास संभव भएकोमा जोड दिए।

संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा विश्वका विभिन्न मुलुकमा शान्ति सेना पठाएर नेपालले विश्व शान्ति स्थापनामा पहल गरिरहेको बताउदै प्रधानमन्त्री देउवाले भने नेपालमा रहेको दक्षिण एसियाली शान्ति प्रशिक्षण केन्द्रमार्फत विश्व शान्तिका लागि लगातार काम गरिरहेको छ। शान्ति प्रक्रियामा नेपालले थप सुरक्षाकर्मी पठाउन तयार रहेको उनको भनाइ थियो। राष्ट्रसंघको उच्च पदमा नेपाली सेनाको पनि सहभागिता रहनुपर्नेमा देउवाले जोड दिए।

चौथोपटक प्रधानमन्त्रि बनेका देउवाले राष्ट्रसंघको भवनमा पुन आफुले सम्बोधन गर्न पाएको स्मरण बीचको अबधिमा संसार विकासको गति बढी रहेको जानकारी गराउँदै नेपालमा पनि धेरै परिवर्तन भएकोमा जोड दिए। विकाससँगै विविध चुनौति थपिएको धारणा प्रस्तुत गर्दै उनले सबैभन्दा ठूलो चुनौती अतिवाद र आतंकवाद नै रहेको जोड दिए। आतंकबादको निवारण राष्ट्रसंघकमा आवद्ध मुलुक–मुलुकबीचको सहकार्यबाट सम्भव हुने बताए।

कोरियाली प्रायद्वीपमा देखापरेको समस्याको समाधानका लागि नेपाल सदैव तयार  रहेकोमा जोड दिदै देउवाले तनावको समाधान वार्ता र छलफल नै भएको बताए। आतंकवादको सधैं भत्र्सना गर्दै आएको नेपालले यसको अन्त्यका लागि जुनसुकै सहयोग गर्न पनि नेपाल तयार रहेको उनले प्रतिबद्धता जनाए।

कोरियाली प्रायद्वीपमा देखापरेको समस्याको समाधानका लागि नेपाल सदैव तयार  रहेकोमा जोड दिदै देउवाले तनावको समाधान वार्ता र छलफल नै भएको बताए। आतंकवादको सधैं भत्र्सना गर्दै आएको नेपालले यसको अन्त्यका लागि जुनसुकै सहयोग गर्न पनि नेपाल तयार रहेको उनले प्रतिबद्धता जनाए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आफ्नो उद्‌घाटन मन्तव्यमा कोरियाको विरोध गर्दै विश्व आतंकवादको विरोध गर्दै शुरु गरेका कारण होला त्यस पछिका सबै जसो सम्बोधनमा प्राय: मुलुकले अमेरिकी राष्ट्रपतिको समर्थनमा महत्वका साथ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

यस अघि प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय रहेको बताएका थिए। अमेरिकाको विभिन्न स्थानमा भएका सम्बोधनमा पप्रधानमन्त्रि देउवाले नेपाल शान्ति प्रक्रिया पूरा गरेर राजनीतिक स्थायित्वतर्फ अघि बढेको सुनाउँदै ‘नेपालको विकासका लागि शान्ति र सहकार्य एवं शान्तिका लागि विकास आवश्यक छ। सशस्त्र द्वन्द्वको अवतरण विश्वमै मौलिक रहेको भन्दै देउवाले शान्ति प्रक्रियाको अवतरण मौलिक रहेको बताएका थिए।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी प्रधानमन्त्रीको सम्बोधनका क्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराई, परराष्ट्र अधिकारी र अमेरिकामा रहेका केही नेपालीको उपस्थिति थियो । देउवा आइतबार यहाँबाट ओमानतर्फ लाग्ने छन् । त्यहाँ उनले खाडी क्षेत्रका राजदूतहरूलाई निर्देशन दिने कार्यक्रम छ ।

नेपालमा भएका पछिल्ला राजनीतिक घटनाक्रमलाई अघि सार्दै उनले सन् २००६ मा शुरु भएको शान्ति प्रक्रिया सन् २०१५ मा निर्वाचित संविधान सभामार्फत लोकतान्त्रिक र समावेशी संविधान जारी भएपछि टुंगिएको बताए। देशभित्रकै शक्तिहरुको नेतृत्वमा सम्पन्न यो अभियानमा समर्थन र समझदारी दर्शाउने अन्तर्राष्ट्रिय समुदायको पनि प्रधानमन्त्री देउवाले उच्च प्रशंसा गरे।

बीस वर्षपछि स्थानीय तहको चुनाव सम्पन्न गरेपछि अबको दुई महिनाभित्र सम्पन्न गर्ने गरी प्रान्तीय र संघीय संसदको चुनावको तिथि घोषणा गरिएको उनले महासभालाई जानकारी बताए।

शान्तिपूर्ण सहअस्तित्वका पाँच मूलभूत सिद्धान्त ‘पञ्चशील’ नेपालको परराष्ट्र नीतिका मुख्य आधार रहेको उल्लेख गर्दै उनले भने, 'हामी असंलग्नतामा विश्वास गर्छौं। स्वतन्त्र परराष्ट्र नीतिको अभ्यास गर्दा हामी भय वा झुकावरहित भएर हरेक अन्तर्राष्ट्रिय मुद्दामा निर्णय लिन्छौं।'

व्यापार गर्दाको लागत तट क्षेत्रीय मुलुकहरुका दाँजोमा अति कमविकसित मुलुकहरुको उच्च हुने भएकाले ती मुलुकको दिगो विकासका लागि बहु–ढाँचायुक्त यातायात पूर्वाधार र भूपरिवेष्ठित मुलुकहरुका लागि निर्वाध पारवहन अधिकार अपरिहार्य हुने धारणा राख्दै उनले भने,  'सन् २०३० सम्मको कार्यक्रमसहित हामी इस्तानबुल कार्ययोजना, भियना कार्ययोजना र अदिसअबाबा कार्यसूूचीको पूर्ण कार्यान्वयनका लागि आह्वान गर्दछौं।'

व्यापार, लगानी र प्रविधिका दृष्टिबाट विकासशील राष्ट्रहरुको साझेदारिताका सम्भाव्य सबै अवसरहरुको पूर्णतः उपयोग गर्न जरुरी भएको पनि उनले उल्लेख गरे।

व्यापार र लगानीका यथेष्ट सम्भावनाका ढोका खोल्दै भारत र चीनसँगको भौगोलिक सामिप्यताले नेपाललाई ती छिमेकी मुलुकमा हुँदै गरेका अभूतपूर्व आर्थिक परिवर्तनहरुबाट लाभ लिने अपूर्व अवसर प्रदान गरेको उनले बताए। 'दिगो विकास लक्ष्यका आर्थिक, सामाजिक र वातावरणीय पक्षहरुलाई समेटेर बृहत्तर समृद्धि प्राप्ति र बाँडचुँडको अनिवार्यताकै सेरोफेरोमा नेपालका विकास प्राथमिकताहरु तय गरिने छन्', उनले भने।

आफूले दुई दशकअघि राष्ट्रसंघ महासभालाई सम्बोधन गरेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले यस अन्तरालमा थुप्रै चुनौतीका बीच गरिबी निवारण, विद्यालय भर्ना, लैंगिक समानता तथा सरुवा रोगसँगको लडाइँमा उल्लेखनीय सफलता हात लागेको उल्लेख गरे।

नेपालमा सन् २०१५ मा गएको भूकम्पको त्रासद अझै समाप्त भइनसकेको र पुनःनिर्माण कार्य जारी रहेको बताउँदै उनले पुनःनिर्माण कार्यका लागि प्राप्त उदार सहयोग प्रदान गरेकामा छिमेकी मुलुक, विकास साझेदार, अरु मित्रराष्ट्र र राष्ट्रसंघ परिवारप्रति आभार व्यक्त गरे।

प्रकाशित: ८ आश्विन २०७४ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App