२१ फाल्गुन २०७७ शुक्रबार
अन्तर्वार्ता

हाम्रो सिनेमाले समाज अध्ययन गरेन : मनोज पण्डित (अन्तर्वार्ता)

नेपालमा ९९ प्रतिशत नराम्रा सिनेमा छन्

मनोज पण्डितलाई नेपाली सिनेमाका स्पष्ट वक्ता र गम्भीर चिन्तक भन्दा फरक नपर्ला। दुई दशकदेखि नेपाली सिनेमामा सक्रिय पण्डितका अहिलेसम्म ‘लक्ष्य’, 'बधशाला’, ‘दासढुंगा’, ‘खाग’, लघु चलचित्र ‘छायाँ’ र वृत्तचित्र ‘ग्रेटर नेपाल’ निर्देशन गरिसकेका छन्। पछिल्लो समय उनको चलचित्र ‘एक’ रिलिजको तयारीमा छ। कुनै समय चलचित्र समीक्षकसमेत रहेका पण्डितले ‘सिनेमा मन्थन’ पुस्तक बजार ल्याइसकेका छन्। उनै निर्देशक पण्डितसँग पुस्तक र नेपाली सिनेमाको कथा निर्माण लगायतको विषयमा नागरिककर्मी पवन बराईली गरेको कुराकानी :  

पुस्तक लेख्ने सोच कसरी आयो ?  

मैले अरूको लागि भन्दा पनि आफ्नै ज्ञान आर्जनको लागि पुस्तक लेखेको हुँ। वास्तवमा मलाई मेरा कुराहरू संग्रहित गरेर निश्चित आकार दिनु पर्छ भन्ने लाग्यो त्यसैले पुस्तक तयार पारेको हुँ। कोभिड–१९ का कारण पहिलो चरणको  ‘लकडाउन’ले फुर्सदिलो समयमा पुस्तकलाई पूर्णता दिएँ। करिब एक महिनाको मेहनतले पुस्तक तयार भएको हो।  

पुस्तकबारे कस्ता प्रतिक्रियाहरू आइरहेका छन् ?  

सिनेमामा काम गरिरहेका भन्दा पनि बाहिरका मानिसहरूले अध्ययन गरेर प्रतिक्रिया जनाइरहेका छन्। नेपाली सिनेमा उद्योगको लागि यो दुर्भाग्य भन्नु पर्छ। मुलतः सिनेमाको क्षेत्रमा काम गरिरहेकाहरूका लागि उपयोगि पुस्तक हो। त्यसैले उनीहरुले अध्ययन गर्लान् भन्ने अपेक्षा थियो। तर जसले चलचित्र हेर्न रूचाउनु हुन्छ, जो व्यवस्थापन, राजनीतिशास्त्र र साहित्य अध्ययन गरिरहेका छन् उनीहरुबाट धेरै प्रतिक्रिया पाएको छु। यो पुस्तकले आफ्नो जीवनमा केहि न केहि प्रभाव पार्ने रहेछ, भन्ने प्रक्रिया जनाइरहेका छन्।  

भनेपछि सिनेमा क्षेत्रका मानिसले यस्ता पुस्तक वैचारिक उत्पादन हो भनेर बुझेका छैनन् ?  

हाम्रो सिनेमा निर्माण हुने प्रणाली सिनेमा भनेको वैचारिक उत्पादन हो भन्ने कुराबाट निर्देशित भएको छैन। हामीले सिनेमालाई अझै पनि घटना प्रधान, पर्दाको अवधारणाबाट मात्रै हेरिरहेका छौं। सिनेमा दृश्यको कथा हो र दृश्य निर्माण गरे  पुग्छ भन्ने मनोविज्ञान छ। तर सिनेमा समाज व्यक्त गर्ने माध्यम हो भन्ने स्थापित हुन सकेको छैन।  

जो नेपाली सिनेमा उद्योगमा क्रियाशील मानिसहरू छन्। उहाँहरूले समाज अध्ययन गर्ने प्रयास नै गर्नु भएको छैन्। त्यसको उपज हो ‘सिनेमा मन्थन’ अध्ययन नगर्नु पनि। तर विस्तारै बाध्यात्मक परिस्थिति बन्दै छ। किनभने सिनेमा बनाउनका लागि पुस्तक अध्ययन गर्नुपर्ने ‘न्यारेटिभ’ बन्दै छ। कालान्तारमा उनीहरूलाई अध्ययन गर्न प्रेरित गर्ला।  

 नेपालमा ९९ प्रतिशत नराम्रा सिनेहरूमा छन्। हामीले वास्तवमा आदर्शको परिकल्पना मात्रै गर्छौं। हामीले मानिसलाई मानिस भनेर चिनाउन नै सकिरहेका छैनौं। मानिसको मनोविज्ञानलाई हेरौं हेर्योौ भने मानिसभित्र पीडा, र छटपट धेरै छन्। मानिसहरु आफ्नो स्वार्थको लागि उद्देश्य, चाहना नियतहरु छन्। हामीले त्यता तिर ध्यान दिइरहेका हुँदैनौं। त्यसकारण हामीले मानिसभित्रको अध्ययन गर्न आवश्यक हुन्छ। मानिस भित्रको कुरुपता निकाल्नु पर्छ।  

सिनेमा निर्देशन गर्नु र पुस्तक लेख्नुमा के फरक पाउनु भयो ?  

फिल्म कथाको संरचनाभित्र बाँधिएको हुन्छ। तर पुस्तक त्यस्तो हुँदैन। पुस्तकमा मैले सिनेमालाई ‘थ्री’ ६० डिग्रीको दृष्टिकोणबाट हेर्ने अवसर पाँए। जसले सिनेमालाई समग्रतामा अध्ययन गर्ने मौका मिल्यो। मेरो लागि आँफै अध्ययनको विषय बन्यो। यसर्थ मैले पुस्तक मात्रै लेखेको होइन, सिनेमालाई अध्ययन गरेको हो। अध्ययन गर्ने शीलशीलामा पुस्तकको जन्म भएको हो।  

सिनेमा निर्देशन गर्दा आफूलाई खुम्च्याउनु पर्ने परिस्थिति सिर्जना हुन्छ। यो पुस्तक लेखेपछि सिनेमा निर्माण गर्दा सिनेमाको समग्र विषयहरुलाई ‘वाइडर प्रोस्पेक्टिभ’ सम्भाव्यबाट हेर्नु पर्ने रहेछ भन्ने कुरा थाहा भयो।  

सिनेमा अध्ययन गर्दा गर्दै ‘सिनेमा मन्थन’ जन्मियो भन्नु भयो। सिनेमाको कथा चाँहि कसरी जन्मन्छ ?  

महत्वपूर्ण प्रसंग उठाउनु भयो। सिनेमाको कथा द्धन्द्धबाट जन्मन्छ। समस्या, जिज्ञासा र प्रश्नबाट पनि जमिन्छ। सिनेमाको आधारभूत तत्व नै विवेक हो, विचार हो। विचारले नै सिनेमा निर्माण गर्ने हो। म समस्यालाई सिर्जनात्मक आधार मान्दछु। उत्प्रेरणा पनि मान्दछु। समस्या भएन भने सिनेको कथा बन्दैन। सिनेमा बन्दैन।  

सिनेमाको कथा भित्रका पात्रहरू कसरी जन्मन्छन् ?  

समास्या पात्रलाई पर्छ र पात्रले समस्यालाई समधान गर्न संघर्ष गर्छ। समस्या छ त पात्र छ। यदि समस्या छैन् भने पात्र छैन्। समस्या पात्रलाई हुन्छ। पात्रले समस्या समधान गर्न संघर्ष गर्छ। त्यसकारण समस्या, पात्र, संघर्ष र उपलब्धी यो सिनेमाको कथा निर्माणको आधरभूत तत्व नै हो।  

तपाईंले आफ्नो पुस्तकमा राम्रो सिनेमाले मानिसलाई नराम्रो देखाउँछ भन्नु भएको छ। राम्रो सिनेमाले किन मानिसलाई नराम्रो देखाउँछ ?

संसारमा समस्या किन छ ? समस्या कसको कारण सिर्जना भएको छ ? समस्या मानिसका कारण छ। मानिसले नै समस्या निर्माण गर्छ र मानिसले नै समस्यासँग संघर्ष गरिरहेको छ। समस्या समाधान गर्ने सन्दर्भमा उसले समस्या सिर्जना गर्छ। यसकारण मानिसको जीवनसँग समस्या आधारभूत कुरा हो। समस्या किन छ भन्ने कुरा प्रमुख कुरा हो। मानिसको स्वार्थका कारणले छ। त्यो स्वार्थ विना मानिस मानिसै बन्न खोज्दैन्। मानिसको स्वार्थले विभाजन निर्माण गर्छ, विद्रोह निर्माण गर्छ, टकराव निर्माण गर्छ, उसले आफ्नो परिधि आफ्नो सहजताको लागि अधारमा उसले सबै कुरा हेर्छ। उसको सहजतामा जुन कुरा पर्दैन उसँग विद्रोह, द्धन्द्ध वा लडाई सुरु गर्छ। जसरी स्वार्थको निर्माण हुन्छ। स्वार्थको कारणले मानिसहरू त्यसको विचारहरू निर्माण हुन्छन्। जुन विचारको कारणले समाजमा द्धन्द्ध र हिंसा पैदा भइरहन्छ। जबसम्म विचार मसँग मात्रै केन्द्रित रहन्छ तबसम्म द्धन्द्ध भइरहन्छ।  

तपाईले संसारका केहि राम्रा सिनेमाहरू हेर्नु भएको छ भने, सिनेमामा जे कुरा हुन्छ त्यसमा मानिसको कुरूप इच्छा, कुरूप स्थार्थ, कुण्ठा, आक्रोश, रिस जस्ता कुरा प्रस्ट हुन्छ। त्यसकारण राम्रा सिनेमाले त्यस्ता कुराहरूलाई देखाउँछ। कथा भित्र समस्या उपलब्ध हुन्छ। समस्या भएका कारणले मानिसहरू पीडित हुन्छन्। पीडित भएपछि बाहिर निस्कन मानिसहरू संघर्ष गर्छन्। उसले आफ्नो सिमित परिधिबाट संघर्ष गर्छ। त्यसपछि नयाँ समस्याहरू सिर्जना हुन्छ। यसरी नै कथाहरु निर्माण हुन्छ। त्यसकारण राम्रो सिनेमाले मानिस कुरूप हुन्छ, नराम्रो हुन्छ भनेर देखाउँछ।

यो अवधारणबाट हेर्दा नेपाली सिनेहरू कस्ता छन् ?  

यो अवधारणबाट हेर्दा नेपालमा ९९ प्रतिशत नराम्रा सिनेहरूमा छन्। हामीले वास्तवमा आदर्शको परिकल्पना मात्रै गर्छौं। हामीले मानिसलाई मानिस भनेर चिनाउन नै सकिरहेका छैनौं। मानिसको मनोविज्ञानलाई हेरौं हेर्योौ भने मानिसभित्र पीडा, र छटपट धेरै छन्। मानिसहरु आफ्नो स्वार्थको लागि उद्देश्य, चाहना नियतहरु छन्। हामीले त्यता तिर ध्यान दिइरहेका हुँदैनौं। त्यसकारण हामीले मानिसभित्रको अध्ययन गर्न आवश्यक हुन्छ। मानिस भित्रको कुरुपता निकाल्नु पर्छ।  

हाम्रो नेपाली सिनेमामा मानिसको यथार्थमय कुरुपतालाई देखाउने क्षमता छैन। जुन दिन यो क्षमता आउँछ। त्यो दिन चाँहि वास्तवमै नेपाली सिनेमाको विकास हुन्छ।  

युरोपियन सिनेमाहरुको विकास यसैको कारणले भएको हो। विश्वका इन्डिपेन्डेन्ट सिनेमाको विकास यसैको कारणले भयो। त्यस्ता सिनेमाले मानिसलाई मानिसकै रुपमा देखाउँछ र मानिस साँच्चै कुरुपमा जाति हो।  

कथामाथि नै वौद्धिक वहस हुन जरुरी छ नेपाली सिनेमामा। तपाईको फिल्मको कथा के हो ? भन्ने प्रचल छ। मेरो सिनेमाको कथा समान्य छ भनिन्छ। कथा कहिल्यै समान्य हुन्छ ? यदि कुनै कुरा सामान्य छ भने त्यो कथा हुँदै होइन।

एउटा प्रसंग जोडिहालौं। तपाईले मैले जस्तो गल्ती नगर्नु भन्दै आउनु भएको छ। नेपालका फिल्ममेकर आफ्नो गल्ती/कमजोरी स्वीकार गर्ने गरेका छन् कि छैनन्?  

नेपाली फिल्ममेकरसँग आफैले आफैलाई विश्लेषण गर्ने सामर्थ्य देख्दिन्। आफ्नो कमजोरी स्वीकार गर्नको लागि खोज्नु पर्यो नि। आदर्शको कुरा गर्ने हो भने मेरा सिनेमा पनि राम्रो बने होलान्। तर चर्चित हुन र साँच्चै सार्थक र पावरफुल सिनेमा बनाउने कुरा नितान्त फरक कुरा हो। मैले आफैले निर्देशन गरेको सिनेमाको नियत नियाल्दा त कुरुप मान्छेको नियत थियो त ? मैले देखेको सहजता र उत्कृष्टता मात्रै राम्रो हो ? मेरो ज्ञानको सिमितता वा मेरो सानो संकुचित स्वार्थहरुले मात्रै सिनेमा बनेका छन्। त्यसको प्रतिफल सिनेमाले भोगे। मैले त्यो सिमिततालाई राम्रोसँग देख्न सकेको भए र त्यो भन्दा बाहिर निस्किएर बनाएको भए यो भन्दा उत्कृष्ट सिनमा बन्थ्यो। मलाई त्यो अनुभुति भइरहेको छ।  

तपाईले कथामा हैन इस्यूमा सिनेमा निर्माण गर्नुपर्छ भन्नु हुन्छ। नेपाली फिल्ममेकरमा कथा र इस्यूको भ्रम हो?  

वास्तवमा कथा बुझेका छेनौं। हामीले हाम्रो कथा के हो भनेर कथाको खोजी नै गरेका छैनौं। हामीले सिनेमा मेकरले कथा भनिरहेको भन्छौं। तर कथाको कै बारेमा खोजी गरेको छौं त? हामी कस्ता कथाबाट प्रशिक्षित भएर हुर्किएका छौ त ? हामीले कस्ता कथा भन्न कोशिस गरेका छौं ? त्योबारे प्रश्न गरेका छैनौं हामी कस्तो कथा निर्माण गर्ने गरेका छौं र कस्तो कथामा बाँचिरहेको छौं भन्ने खोज गरेका छैनौं। यसबारे समाजले नै गरेको छैन भन्छु। यसर्थमा समाजमाथि आरोप छ। मलाई कस्तो कथामा पढाएर हुर्काइयो भन्ने माथि नै मेरो प्रश्न छ। त्यो कथाहरु म माथि थुपारेर त्यस्तै कथा मात्रै निर्माण गरिहेको छु। त्यसको कारणले मलाई सिमितता बनाई दिएको छ। म अन्धविश्वासमा गाँसिएको छु। यसार्थमा पनि कथा माथि प्रयत्न भएको छैन।  

पछिल्लो समय इस्युमाथि सिनेमा निर्माण गर्ने प्रयत्न गरिहेका छौं। तर इस्यु सिनेमाको लागि कति उपलब्धी मुलक हुन्छ भन्ने कुरा विश्लेषण गरेका छैनौं। वास्तवमै सिनेमाको कथा निर्माण के हो त ? यदि यो इस्यु हो सिनेम्यटिक स्टोरी चाँहि इस्यु भन्दा फरक तत्व हो भन्ने विषयमा अझै काम भएको छैन्। त्यस विषयमा दुर्भाग्य हामी इस्यु पछि दौडिरहेका छौं जुन चाहि नेपाली सिनेमाको अदोगतिको प्रस्थान विन्दु हो। हामी इस्यु समात्न खोजिरहेका छौं। जब सिनेमाको कथाको आफ्नै अस्तीत्व हुन्छ। हामीलाई समस्या अवारण देखाए पुग्यो। तर समस्याको गहिराई प्रकृति र चरित्रमाथि काम भएको छैन। हामीले नेपाली सिनेमामा अत्यन्त कमजोर कथा भनिरहेका छौं।  अझै कथा भन्न र बनाउन सककेका छैनौ। हामी जस्तो कथाबाट प्रशिक्षित भयौं। त्यस्तै कथाहरुमा रुमलिएका छौं। आज भन्दा ५० वर्ष पछि कथाहरुको सेरोफेरोमा छौं।
 

भने पछि कथामाथि वौद्धिक र वैचारिक बहस हुन जरुरी छ ?

कथामाथि नै वौद्धिक वहस हुन जरुरी छ नेपाली सिनेमामा। तपाईको फिल्मको कथा के हो ? भन्ने प्रचल छ। मेरो सिनेमाको कथा समान्य छ भनिन्छ। कथा कहिल्यै समान्य हुन्छ ? यदि कुनै कुरा सामान्य छ भने त्यो कथा हुँदै होइन। कथा हुनको लागि कन्प्लेसिटी हुनुपर्छ। हामी कम्प्लेक्सिटी बाट भागरिहेका छौं। हाम्रो समाज  कम्प्लेक्सिटीबाट डराउँछ। त्यसकारण कम्प्लेक्सिटीको खोज भन्दा पर बसेर खोज गर्छौं। त्यसकारण पनि मानिसलाई प्रतिनिधित्व गर्दैनौं। हाम्रा कलाकारहरु पर्दामा देखिन्छन् तर मानिस देखिँदैनन्।  मानिस त अर्कै हुन्छ। मानिसको चाहना, स्वार्थ, नियत, संघर्ष अत्यन्तै भयावह हुन्छ। मेकअप लगाएको हुँदैन। मानिस अत्यन्तै कन्प्लेसिटी प्राणी हो।  

यहाँ मल्टिपल परिस्थिति छन्। मल्टिपल  पात्रहरुको देखाउने ठाउँ हो। त्यसकारण समान्य स्थितिको कथा बन्दैन। जब कथा बन्नु छ भने असामान्यता हाँसिल गर्नु पर्छ। असामान्यता भनेको बहुअस्तित्वहरुको टकराव हो। हामी टकराउन डराउँछौं।  संसारको सिर्जना टकरावबाट सिर्जना हुन्छ। जब टकरावको विकास हुन्छ त्यसमा कन्प्लेसिटी को विकास हुन्छ। त्यसकारण सामान्य कथा हुँदैनन्।  

प्रकाशित: ४ माघ २०७७ १३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App