७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

‘अब आन्तरिक पर्यटनमा जोड दिन्छौं’

कोभिड १९ को प्रभाव

दिपक भट्टराई, अध्यक्ष, क्षेत्रिय होटल संघ, चितवन

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा चितवन, नवलपरासी र मकवानपुर जिल्लाका भूभाग पर्छन्। त्यहाँका होटल व्यवसायीहरू ‘क्षेत्रिय होटल संघ, चितवन’मा आबद्ध छन्। तीन जिल्लामा तीन सयको हाराहारीमा पर्यटकीय सुविधाका होटल छन् भने संघमा एक सय बीस होटल सदस्य छन्। कोभिड–१९ ले पर्यटन क्षेत्र शून्यमा झरेका बेला संघका अध्यक्ष दिपक भट्टराईसँग नागरिककर्मी अमृत भादगाउँलेले गरेको कुराकानी:   

कोरोना महामारीले पर्यटन क्षेत्र ठप्प हुँदा तपाइँहरूको अवस्था के छ ?  

कोरोनाले हामीलाई हतोत्साही बनाएको छ। हाम्रा होटल तथा रेष्टुराँ कहिले खुल्ने हुन् यकिन छैन। बैंकको व्याज र किस्ता तिर्न सकिने अबस्था छैन। हामी पर्यटन व्यवसायीका लागि सन् २०२० त त्यत्तिकै सकिने भयो। हामीले लकडाउन पुर्ण रुपमा पालना ग¥यौं। केही होटललाई क्वारेन्टिन पनि बनायौं। जब सरकारले साउन १५ देखि होटल÷रेष्टुराँ खोल्न अनुमति दियो, हामीले २५ प्रतिशत कर्मचारी बोलाएर खोल्यौं। तर, एक साता नवित्दै बन्द गर्नु प¥यो। अब फेरी हतारमा होटल खोल्ने निर्णय नहोस्।    

कोभिड–१९ अगाडि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा होटल व्यवसायमा कत्तिको लगानी बढिरहेको थियो ?  

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल आउने आसामा साथीहरूले होटलमा लगानी थपिरहेको अबस्था थियो। साना होटलले पनि कोठा थपे, स्विमिङ पुल थपे। तर लगानी मात्र बढ्यो, आम्दानी गर्ने वातावरण बनेन्। त्यसैले साथीहरू निराश छन्। बैंकलाई कसरी व्याज र किस्ता तिर्ने भन्ने अन्योल छाएको छ।  

हामीले दुई वर्षपछि मात्र बैंकलाई व्याज र किस्ता तिर्ने वातावरण सरकारले मिलाइदिनु प¥यो। अर्को कुरा अब नेपालमा विदेशी आउन केही वर्ष लाग्छ। त्यसैले कोरोना शान्त भएपछि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारले हामीसँग हातेमालो गर्नुपर्छ।  

सरकारले पर्यटन व्यवसायीलाई सहुलियत दरमा ऋण दिने भनेको छ नि?

सरकारले पाँच प्रतिशत व्याज दरमा सहुलियत ऋण दिने घोषणा गरेको छ। यो घोषणामा मात्र सिमित नहोस्, हामी व्यवसायीले सजिलै ऋण पाउने वातावरण बन्यो भने मात्र हामीलाई राहत मिल्नेछ।    

सरकारसँग तपाइँहरूका माग केके छन् ?

हामीले कम्तिमा दुई वर्षपछि मात्र बैंकलाई व्याज र किस्ता तिर्ने वातावरण सरकारले मिलाइदिनु प¥यो। अर्को कुरा अब नेपालमा विदेशी आउन केही वर्ष लाग्छ। त्यसैले कोरोना शान्त भएपछि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारले हामीसँग हातेमालो गर्नुपर्छ।  

पर्यटनलाई पुर्नजीवन दिन तपाइँहरूका योजना केके छन् ?  

निकुञ्ज प्रशासनसँग मिलेर हामीले निकुञ्ज भित्र जंगली जनावरको बासस्थल व्यवस्थापनका काम गरेका छौं। सन् २०२१ मा आन्तरिक पर्यटन भित्र्याउने योजना छ। त्यसैले निशेधाज्ञा खुल्नेवित्तिकै हामी सस्तो मूल्यका प्याकेज निकाल्छौं। हाम्रो अभियानमा साथ दिन सरकारले पनि कर्मचारीलाई भ्रमण भत्तासहित घुम्ने बिदाको सुविधा दिनुपर्छ। साथै हाम्रो मार्केटिङमा पनि सहयोग गर्छु पर्छ।  

हाम्रा करिब ३० प्रतिशत पाहुना आन्तरिक पर्यटक नै हुन्थे। बर्षात्को समय र दसैंतिहारमा पनि चितवनमा नेपालीको राम्रै चहलपहल हुन्थ्यो। १२ वैशाखको भुकम्प पछि पनि पर्यटन व्यवसायलाई बचाउन आन्तरिक पर्यटकले ठूलो मद्दत गरेका थिए।।    

दिपक भट्टराई

लकडाउन अगाडि चितवनमा आन्तरिक पर्यटनको अवस्था कस्तो थियो?  

हाम्रा करिब ३० प्रतिशत पाहुना आन्तरिक पर्यटक नै हुन्थे। बर्षात्को समय र दसैंतिहारमा पनि चितवनमा नेपालीको राम्रै चहलपहल हुन्थ्यो। १२ वैशाखको भुकम्प पछि पनि पर्यटन व्यवसायलाई बचाउन आन्तरिक पर्यटकले ठूलो मद्दत गरेका थिए। कोभिड–१९ पछिको अबस्थामा पनि नेपाली पर्यटकबाट भरथेग हुने आशा गरेका छौं।    

होटलका कर्मचारीको व्यवस्थापन कसरी गरिरहनु भएको छ? पर्यटनबाट दक्ष जनशक्ति पलायन हुने संभावना कत्तिको देख्नु हुन्छ?  

लकडाउन सुरु हुँदा हामी ‘पर्ख र हेर’को अस्थामा थियौं। हामीले कर्मचारीलाई वैशाखसम्मको पुरा तलव दियौं। मनसुनमा आपसी समझदारीमा कर्मचारी घर विदामा बसेका छन्। हामीसँग अझै २५ प्रतिशत कर्मचारी छन्, उनीहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्दैछ। हामी जे गर्छौं समझदारीमै गर्छौं।  

कतिपय कर्मचारी साथीहरूले पर्यटन पेशा छाडेर कृषि वा अन्य काम गर्न थालिसके। त्यसैले आगामी दिनमा दक्ष जनशक्ति पलायनको समस्या हुने देखिन्छ।  

अन्त्यमा, हाम्रो पर्यटन पुरानै लयमा फर्कन कति समय लाग्ला? 

कोरोनाविरुद्ध खोप बनेका समाचार आइरहेका छन्। ती खोप सफल भएर बेलैमा नेपालमा ल्याउन सकियो भने हाम्रो देशमा सन् २०२२ देखि विदेशी पर्यटक आउन सुरु गर्लान्। पुरानै अबस्थामा फर्कन केही समय लाग्नेछ। 

मनसुनमा चितवनमा देखिएको मयुर। तस्बिरः अमृत भादगाउँले।

प्रकाशित: १० भाद्र २०७७ ०५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App