४ चैत्र २०८२ बुधबार
image/svg+xml
कर्पोरेट

एनआई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगाल्नु भएका अशोक कुमार अग्रवाल एनआई सी एशिया बैंकको अध्यक्षमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको हो ।  

नवनियुक्त अध्यक्ष अग्रवालज्यूले नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । अग्रवाल नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पु¥याएका व्यक्ति हुन् ।  

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राखेका उनले आफ्नो कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्ने प्रतिबद्धता जनाएका छन् ।  

उनको नेतृत्वमा सफलताको थप उचाई प्राप्त गर्नुका साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पु¥याउने दृढ विश्वास लिएको बैंकले उल्लेख गरेको छ ।

प्रकाशित: १० पुस २०८२ १६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App