४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आक्रमणमा सुरक्षा प्रमुख लारिजानीको मृत्यु भएको इरानको पुष्टि

बुधबार संयुक्त राज्य अमेरिका, इजरायल र इरान बीचको युद्धको १९ औं दिनमा प्रवेश गरेको छ।

इजरायली आक्रमणमा इरानका सुरक्षा प्रमुख अली लारिजानी र उनका छोराको मृत्यु भएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी)ले यसको पुष्टि गरेको छ।

त्यसपछि आइआरजीसले इजरायली राजधानी तेल अभिभमा रहेका १०० भन्दा बढी स्थलहरूमा क्षेप्यास्त्र आक्रमणहरू सुरु गरेको बताइएको छ। इरानले लारीजानी, उनका छोरा र बासिज अर्धसैनिक बलका कमाण्डर घोलामरेजा सुलेमानीको हत्याको बदला लिन आक्रमणहरू गरिएको बताएको छ।

इरानले इजरायलको बलियो प्रतिरक्षा प्रणालीले आक्रमण रोक्न नसकेको दाबी पनि गरेको छ। यसैबीच, इजरायलले क्षेप्यास्त्रको भग्नावशेष खसेर एक महिलाको मृत्यु भएको बताएको छ।

प्रकाशित: ४ चैत्र २०८२ ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App