पोखराको पर्यटन क्षेत्रः ६ महिनामा झन्डै चारअर्ब लगानी थपियो
पोखराको पर्यटन क्षेत्रमा पछिल्लो ६ महिना अवधिमा कम्तिमा आठवटा नयाँ होटल थपिएको व्यावसायीले बताएका छन्। केही होटल अझै थपिने क्रममा रहेको उनीहरुको भनाई छ। पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना रहेको भन्दै धमाधम लगानी बढाईरहेको व्यावसायीले बताएका छन्। होटल क्षेत्रमा मात्र भईरहेको लगानी ठूलो रहेको उनीहरु बताउँछन्।