१५ चैत्र २०८१ शुक्रबार
image/svg+xml १८:२८ अपराह्न
अन्तर्राष्ट्रिय

ट्रम्पको कडा कदम : भेनेजुएलाको तेल किन्ने देशमाथि २५ प्रतिशत कर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल वा ग्यास किन्ने कुनै पनि देशलाई २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। ल्याटिन अमेरिकी देशले दशौं हजार अपराधी संयुक्त राज्य अमेरिका पठाएको आरोप लगाउँदै उनले सोमबार उनले यस्तो चेतावनी दिएका हुन्। ‘भेनेजुएलाबाट तेल किन्छन् भने संयुक्त राज्य अमेरिकासँग व्यापार गर्दा २५ प्रतिशत कर तिर्नुपर्छ,’ ट्रम्पले भने।

उनले थपे, ‘भेनेजुएलाबाट तेल वा ग्यास किन्ने देशले हाम्रो देशसँग कुनै पनि व्यापार गर्दा २५ प्रतिशत कर तिर्नुपर्छ।’ यो कर अप्रिल २, २०२५ देखि लागू हुने र सबै कागजातमा हस्ताक्षर तथा दर्ता हुने उनले बताए। 

ट्रम्पले मेक्सिको, ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोर जस्ता ल्याटिन अमेरिकी देशले संयुक्त राज्य अमेरिकामा अपराधी पठाएको बारम्बार आरोप लगाउँदै आएका छन्। उनको प्रशासनले हालै २०० भन्दा बढी भेनेजुएलाका आप्रवासीलाई एल साल्भाडोरमा निर्वासन गर्न १७९८ को एलियन एनिमीज एक्ट प्रयोग गर्ने निर्णय गरेको छ।

एक अर्को प्रशंगमा ट्रम्पले अप्रिल २ नजिकिँदै गर्दा पारस्परिक भन्सारमा केही देशलाई छुट दिन सकिने बताए। उनले धेरै देशसँग लामो समयदेखि राम्रो सम्बन्ध रहेको र अमेरिकाले ती देशसँग सम्बन्ध सुमधुर राख्ने योजना बनाएको उल्लेख गरे। 

उनले अप्रिल २ लाई ‘मुक्ति दिवस’ को रूपमा चित्रण गरे। जेपी मोर्गनका प्रमुख अर्थशास्त्री ब्रुस कास्मानले यो महिनाको सुरुमा अमेरिकी अर्थतन्त्रबारे चिन्ता व्यक्त गरेका छन्। एजेन्सी

प्रकाशित: १२ चैत्र २०८१ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App