१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ४:४७ पूर्वाह्न
अन्तर्राष्ट्रिय

पाकिस्तानमा सैन्य कारबाही : ११ विद्रोही मारिए

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले दुई दिनमा चार छुट्टाछुट्टै कारबाही गरेर ११ विद्रोही मारिदिए। सेनाले यो जानकारी दिएको छ।

इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जारी गरेको विज्ञप्तिमा उत्तरी वजिरिस्तान जिल्लाको मीर अली क्षेत्रमा विद्रोही भएको विश्वसनीय गुप्तचर जानकारी आएपछि बिहीबार राति अपरेशन सुरु भएको उल्लेख छ।

आईएसपीआरले मीर अलीमा भएको दोस्रो अपरेशनमा थप तीन विद्रोही मारिएको बताएको छ। उत्तरी वजिरिस्तानको मिरान शाह क्षेत्रमा भएको अर्को भिडन्तमा पाँच विद्रोही मारिएको सेनाले जनाएको छ।

डेरा इस्माइल खान जिल्लाको दरबान क्षेत्रमा सुरक्षा बलले गरेको चौथो कारबाहीमा अर्को विद्रोही मारिएको आईएसपीआरले उल्लेख गरेको छ।

मारिएका विद्रोहीबाट हतियार र गोला बारुद बरामद भएको सेनाले बताएको छ। यी विद्रोही धेरै विद्रोही गतिविधिमा संलग्न थिए।

सेनाले यो क्षेत्रमा बाँकी खतरा हटाउन क्लियरेन्स अपरेशन सुरु गरेको जनाएको छ। आतङ्कवाद अन्त्य गर्न र क्षेत्रमा शान्ति सुनिश्चित गर्न सेना प्रतिबद्ध रहेको बताइएको छ।

पाकिस्तानका सुरक्षा बल देशबाट आतङ्कवादको खतरा हटाउन आफ्नो मिशनमा दृढ रहेको आईएसपीआरले उल्लेख गरेको छ। सिन्ह्वा

प्रकाशित: १५ चैत्र २०८१ १८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App