२० पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी शुल्कपछि भड्कियो चीन, विश्व हितमा नभएको भन्दै बदलाको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुमाथि १० प्रतिशत शुल्क लगाउने आदेशमा हस्ताक्षर गरेपछि चीनले पनि जवाफ दिएको छ। चीनको वाणिज्य मन्त्रालयले अमेरिकी निर्णयविरुद्ध जबाफी कारबाही गर्ने भनेको छ। मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा 'चीन यस कदमबाट पूर्ण रूपमा असन्तुष्ट छ र यसको कडा विरोध गर्दछ' भनिएको छ। चीनले यसलाई विश्व व्यापार संगठनको नियमको गम्भीर उल्लङ्घन भएको पनि उल्लेख गरेको छ।

चीनले अमेरिकाले उठाएको यो कदम चीन र अमेरिकाबीचको सामान्य आर्थिक तथा व्यापारिक सहयोगका लागि हानिकारक हुने चेतावनी दिएको छ। चीनले अब अमेरिकाको गलत व्यवहारविरुद्ध विश्व व्यापार संगठनमा मुद्दा हाल्ने र आफ्नो अधिकार र हितको रक्षा गर्न प्रतिकारात्मक कदम चाल्ने स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, 'चीन अमेरिकालाई आफ्नो गलत अभ्यास सच्याउन र समस्याको सामना गर्न चीनसँग मिलेर काम गर्न अपील गर्दछ।' 

बेइजिङले वासिङ्टनलाई मतभेद छोडेर पारस्परिक लाभ, सम्मान र समानताको आधारमा सहयोगलाई बलियो बनाउन काम गर्न सुझाव दिएको छ। यसअघि, चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले शुल्क लगाउने कुरा 'न त चीन, न संयुक्त राज्य अमेरिका वा बाँकी विश्व' को हितमा नभएको उल्लेख गरेका थिए। 

 

यो पनि पढ्नुहोस्

अमेरिकाले आयात शुल्क लगाएपछि क्यानडाको जवाफ : हामी पनि २५ प्रतिशत लगाउँछौँ

 

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १० प्रतिशतसहित क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत शुल्क लगाउने घोषणा गरेका थिए। त्यसको जवाफमा क्यानडाले पनि अमेरिकी वस्तुमाथि २५ प्रतिशत शुल्क लगाउने जवाफ दिइसकेको छ, र मेक्सिकोले पनि प्रतिशोधात्मक कारबाही गर्ने बताएको छ। एजेन्सी

प्रकाशित: २० माघ २०८१ १०:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App