१० पुस २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रतिबन्धपछि अमेरिकालाई पाकिस्तानको जवाफ : आणविक कार्यक्रममा सम्झौता गर्दैनौं

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले हालै अमेरिकाले चार पाकिस्तानी कम्पनीमाथि लगाएको प्रतिबन्धको कुनै औचित्य नभएको बताएका छन्। प्रधानमन्त्री शरीफले पाकिस्तानको आणविक कार्यक्रमको उद्देश्य पाकिस्तानको रक्षा गर्नु रहेको भन्दै त्यसमा कुनै सम्झौता नगर्ने बताएका छन्।

बीबीसी उर्दूका अनुसार, शहबाज शरीफले भने, ‘नेशनल डेभलपमेन्ट कम्प्लेक्स (एनडीसी) र अन्य पाकिस्तानी संस्थाहरूमा प्रतिबन्ध लगाउनु अनुचित हो। पाकिस्तानको आणविक कार्यक्रम कुनै राजनीतिक दलको होइन, यो २४ करोड जनताको हो। यसमा कुनै सम्झौता हुँदैन।’

हालै, बाइडेन प्रशासनले आणविक हतियारहरूले सुसज्जित पाकिस्तानको लामो दूरीको ब्यालिस्टिक मिसाइल कार्यक्रमसँग जोडिएको र त्यसबाट अमेरिकालाई खत्तरा भएको भन्दै कथित चार संस्थाहरूमाथि प्रतिबन्ध लगाएको थियो। त्यसमा मिसाइल कार्यक्रम अनुगमन गर्ने सरकारी संस्था नेशनल डेभलपमेन्ट कम्प्लेक्स पनि परेको छ। 

प्रकाशित: १० पुस २०८१ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App