२० मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प सरकारमा तुलसीलाई गुप्तचर विभागको जिम्मेवारी

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व सांसद तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभाग(डीएनआई)को निर्देशक नियुक्त गरेका छन्।

ट्रम्पको घोषणापछि, तुलसीले सामाजिक सञ्जाल एक्समार्फत ‘अमेरिकी जनताको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न’ ट्रम्प सरकारमा एक सदस्यको रूपमा सेवा गर्न तत्पर रहेको भन्दै खुसी व्यक्त गरेकी छिन्। 

तुलसीलाई जिम्मेवारी दिँदै ट्रम्पले भने, ‘मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ कि कांग्रेसकी पूर्व महिला सदस्य लेफ्टिनेन्ट कर्नल तुलसी गबार्डले राष्ट्रिय गुप्तचर विभागको निर्देशकको रूपमा काम गर्ने छिन्।’

तुलसीसँग अमेरिकी सेनामा दुई दशकभन्दा बढी समय काम गरेको अनुभव छ। उनले इराक र कुवेतमा आर्मी नेशनल गार्डको रुपमा सेवा गरेकी थिइन्। उनले होमल्याण्ड सेक्युरिटी कमिटीमा पनि दुई वर्षभन्दा बढी समय काम गरिन्। तुलसी राष्ट्रिय गुप्तचर विभागको निर्देशक बन्ने पहिलो हिन्दू अमेरिकी कांग्रेस सदस्य हुन्।तुलसीका बुबा क्रिश्चियन हुन् भने आमा हिन्दु हुन्।

प्रकाशित: २९ कार्तिक २०८१ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App