२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिजबुल्लाहको आक्रमण पछि इजरायलमा आपतकाल घोषणा

इजरायलमा आपतकाल घोषणा गरिएको छ। हिजबुल्लाहसँगको तनाव उत्कर्षमा पुगे पछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले देशभर आपतकाल घोषणा गरेका हुन्।

बीबीसीका अनुसार प्रधानमन्त्री नेतन्याहूले हिजबुल्लाहको विभिन्न केन्द्रमाथि आक्रमण गरिएको हुँदा उसको जवाफी कारबाहीलाई ध्यानमा राखी ४८ घन्टाका लागि देशभर आपतकाल लागू गरिएको बताए।

राजधानी तेल अभिवमा इमरजेनसी नेशनल सेक्योरिटी मिटिङ्गलाई सम्बोधित गर्दै भने, ‘हामी आफ्नो देशको रक्षा गर्न र आफ्ना नागरिकलाई सुरक्षित रूपले उनको घरसम्म पुर्याउनका लागि तयार छौं। जोकोहीले हामीलाई चोट पुर्याउने काम गर्छ हामी पनि उसलाई चोट दिन्छौँ।’

उनले इजरायली सेना हिजबुल्लाहको आक्रमणको तयारीबारे पत्ता लगाउन दिनरात खटिरहेको पनि बताए।

आइतवार उत्तरी इजरायलमा रकेट आक्रमणका कारण साइरन बन्ज थालेको छ। हालसम्म आक्रमणमा भएको मानवीय वा अन्य क्षतिबारे कुनै जानकारी सार्वजनिक भएको छैन।

आईडीएफले एक बयान जारी गर्दै हिजबुल्लाहले लेबनानको तर्फबाट १५० वटा रकेट इजरायलमाथि आक्रमण गरेको बताएको छ।

तर, हिजबुल्लाहले भने ३२० भन्दा बढी रकेट आक्रमण गरिएको दावी गरेको छ।

प्रकाशित: ९ भाद्र २०८१ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App