२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

गुडिरहेको गाडीमा खस्यो पहिरो, जोगियो यात्रु र चालकको ज्यान

कर्णाली राजमार्ग सञ्चालनमा आएको केहीबेरपछि नै गुडिरहेको गाडीमा माथिबाट पहिरो खसेको छ ।  

दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग शुक्रबार दिउँसोदेखि मात्र सञ्चालनमा आएको थियो । कालीकोटको हुल्म नजिक गुडिरहेको गाडीमा माथिबाट पहिरो खसेको हो । 

गाडी पूर्णरूपमा क्षतिग्रस्त भएपनि मानवीय क्षति भने नभएको कालीकोट प्रहरीले जनाएको छ । 

गाडीमा रहेका चालक र सहचालकले भने भागेर ज्यान जोगाएका छन् । यात्री झारेर अगाडि बढ्दा गाडीमा पहिरो खसेको थियो ।

प्रकाशित: २८ भाद्र २०८१ १८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App