२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।  

सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहित अन्य रिक्त संवैधानिक निकायमा सिफारिसका लागि बैठक बसेको हो । प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम चर्चामा छ ।  

न्याय परिषद्ले गत भदौ २० गते ८ न्यायाधीशको नाम परिषद्‌मा पठाएको थियो। सिफारिस भएका तिनै ८ जना मध्येबाट एकजनालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने हुन्छ। 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट उमेर हदको कारण अवकाश पाउँदैछन्। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।  

बुधबारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेर प्रधानमन्त्री केपी ओलीले शुक्रबारका लागि अर्को बैठक बोलाएका हुन् ।  

प्रधानमन्त्री ओलीले शुक्रबारको बैठकको तयारीस्वरुप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।  

प्रकाशित: २८ भाद्र २०८१ १८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App