३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लेबनानमा वाकीटकी विस्फोट हुँदा ९ जनाको मृत्यु, २ हजार ८ सय घाइते

लेबनानमा कुराकानी गर्नका लागि प्रयोग गरिने मेसिन ‘वाकीटकी’ विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार मङ्गलवार लेबनानको विभिन्न स्थानमा भएको विस्फोटमा परी कम्तीमा २ हजार ८ सयजना घाइते भएका छन्। जसमा इरानका राजदूत पनि रहेका छन्।

लेबनानका स्वास्थ्य मन्त्रालयका अनुसार विस्फोट राजधानी बेरूतसहित अन्य स्थानमा पनि भएको छ।

समाचार संस्था एएफपीका अनुसार इरान समर्थित समूह हिजबुल्लाहका सांसद अली आमेर र उनका एकजना सदस्यका १० वर्षीया छोरीको पनि विस्फोटमा परी मृत्यु भएको छ।

हिजबुल्लाहले भने विस्फोटका लागि इजरायललाई जिम्मेवार बताएको छ। साथै आक्रमणको जवाफ दिने पनि चेतावनी दिएको छ। तर, इजरायलले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।  

प्रकाशित: २ आश्विन २०८१ ०८:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App