२ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

बेनिशाले किनिन् विद्युतीय गाडी

नायिका बेनिशा हमालले विद्युतीय कार किनेकी छन्। शुक्रबार हमालले सामाजिक सञ्जाल फेसबुकमा विद्युतीय कारसहितको तस्बिर सार्वजनिक गरेकी छिन्।

सामाजिक सञ्जालमा खुसी साट्दै बेनिशाले लेखेकी छिन्,इलेक्ट्रिकमा स्विच गर्नुहोस् र आफ्नो ड्राइभलाई पावर गर्नुहोस्। 

हमालले किनेको कार ओमोडा ब्राण्डको रहेको छ।

पछिल्लो समय विद्युतीय कारप्रति सेलिब्रेटीको आकर्षण बढ्ने क्रममा छ। केही समयअघि कलाकार गरिमा शर्माले पनि विद्युतीय गाडी किनेकी थिइन्।

कलाकारहरू हरिवंश आचार्य, रामकृष्ण ढकाल, सञ्जोग कोइराला, सागर लम्साल बले लगायतले पनि विद्युतीय गाडी चढ्दै आएका छन्।

प्रकाशित: २८ भाद्र २०८१ १७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App