२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेरिस ओलम्पिकको उद्घाटन अघि फ्रान्समा रेलसेवा लक्षित आक्रमण

पेरिस ओलम्पिक खेलको उद्घाटन समारोहभन्दा केही घन्टा अघि फ्रान्सका तीव्र गतिका रेलसेवाहरू रद्द गरिएका छन्।

फ्रान्सको रेल कम्पनी एसएनसीएफले केही समूहले रेललाई लक्षित गर्दै आक्रमण गरेको र सम्भावित जोखिमलाई ध्यानमा राखि रेल सेवा पूर्ण रुपले बन्द गर्नु परेको बताएको छ।

बीबीसीका अनुसार पेरिसको पश्चिम, उत्तर र पूर्व तर्फ रहेका तीव्र गतिका रेलवे नेटवर्कमाथि आक्रमण भएको र कार्यालयहरूमा समेत क्षति भएका कारण यो निर्णय गरिएको हो।

कम्पनीले यात्रुहरूलाई केही समयका लागि यात्रा नगर्नका लागि पनि आग्रह गरेको छ।

यसैबीच, फ्रान्सका यातायात मन्त्री पेट्रिस वग्रीटले घटनाबारे जानकारी दिँदै घटनाको निन्दा गरेका छन्। 

प्रकाशित: ११ श्रावण २०८१ १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App