२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा फैलिँदै चाँदीपुरा भाइरस, २४ देखि ४८ घन्टामा लिन्छ मानिसको ज्यान

भारतको गुजरात राज्यमा चाँदीपुरा भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ। भाइरसको सङ्क्रमित बनाउँदा ५४ जना अस्पताल भर्ना भएका छन्।

गुजरात सरकारका अनुसार हालसम्म १२४ जनामा चाँदीपुरा भाइरस फेला परिसकेको छ। ग्रामिण भेगमा देखिनएको उक्त भाइरस पछिल्लो समय गुजरातको हमदावाद, वडोदरा, राजकोट, सुरत लगायतका ठूला सहरहरूमा पनि फैलिन थालेको छ।

गुजरात बाहेक राजस्थानमा पनि चाँदीपुरा भाइरसको सङ्क्रमण फैलिन थालेको छ। राजस्थानमा हालसम्म ६ जनामा चाँदीपुरा भाइरसको सङ्क्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ। अन्य ५ जनाको उपचार भइरहेको छ। त्यस्तै मध्यप्रदेश र महाराष्ट्रमा पनि चान्दीपुरा भाइरस देखा परेको छ।

भारतमा पहिलोपटक १९६६ मा महाराष्ट्र राज्यमा उक्त भाइरसको केस फेला परेको थियो। नागपुरको चाँदीपुरमा भाइरसको पहिचान भएको थियो। त्यसकारण उक्त भाइरसको नाम चान्दीपुरा भाइरस राखियो। त्यसपछि सन् २००४, २००६ र २०१९ मा पनि आन्ध्र प्रदेश, महाराष्ट्र र गुजरातमा उक्त भाइरस देखा परेको थियो।

चान्दीपुरा भाइरस आरएनए भाइरस हो। जुन सबैभन्दा धेरै पोथी प्लेबोटोमाइन प्रजातिको झिङ्गाबाट फैलिन्छ। एडीज एजिप्टी लामखुट्टे पनि यसका लागि कारण मानिन्छ।

चान्दीपुरा भाइरसको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, फ्लू जस्ता लक्षणहरू देखा पर्ने हुन्छ। जसमा बेहोश हुने, कमजोरी हुने जस्ता लक्षण पनि देखिन्छन्।

सङ्क्रमित लामखुट्टेमा वा किरा फट्याङ्ग्राले टोकेपछि हुने उक्त भाइरसले शरीरमा प्रवेश गरेपछि व्यक्तिको नस्नायू प्रणालीमा आक्रमण गर्छ र व्यक्तिको इन्सेफलाइटिस अर्थात् मस्तिष्कको तन्तुहरूमा सुन्निने समस्या निम्त्याउने गर्छ।

चाँदीपुरा भाइरसको सङ्क्रमण भएको २४ देखि ४८ घन्टा भित्र बिरामीको मृत्यु गराउँछ। चिकित्सकका अनुसार यसले बालबालिकामा मृत्यु गराउने दर ८५ प्रतिशत रहेको छ।

प्रकाशित: ११ श्रावण २०८१ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App