२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्ष भारतको जिडिपी दर ७ प्रतिशतसम्म हुने

भारतले आगामी आर्थिक वर्षमा जिडिपी वृद्धि दर ७ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ।

सोमबार संसद्‌मा आर्थिक सर्वेक्षण २०२३-२४ पेश गर्दै केन्द्रीय मन्त्री निर्मला सीतारमणले यस विषयमा जानकारी दिएकी हुन्।

आर्थिक सर्वेक्षण अनुसार, भारतको जिडिपी वृद्धि दर आर्थिक वर्ष ६.५ देखि ७ प्रतिशतसम्म रहने अनुमान गरिएको छ। साथै, मुद्रास्फीति दर साढे चार प्रतिशत रहने अपेक्षा गरिएको छ, जुन सन् २०२६ सम्म घटेर ४.१ प्रतिशतमा सीमित हुने बताइएको छ।

सर्वेक्षणले स्वास्थ्य र खानपानको मामिलामा पनि महत्त्वपूर्ण तथ्याङ्क प्रस्तुत गरेको छ। रिपोर्ट अनुसार, ५४ प्रतिशत रोगहरू अस्वास्थ्यकर खानपानका कारण हुने गरेका छन्, र यसमा परिवर्तन आवश्यक रहेको उल्लेख गरिएको छ।

प्रकाशित: ७ श्रावण २०८१ १५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App