२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

होटलमा मृत भेटिएका ६ जना भियतनामी, विष दिएर हत्या गरिएको आशङ्का

थाइल्यान्डको एक होटलमा मृत भेटिएका ६ नागरिक भियतनामका रहेको पुष्टि भएको छ।

थाइल्यान्डको राजधानी बैङ्ककको एक प्रसिद्ध होटलमा मङ्गलवार ६ जना नागरिकको शव फेला परेको थियो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार फेला परेका सबै शव भियतनामी नागरिकको रहेको छ।

बैङ्कक प्रहरीका अनुसार ती ६ जनाको हत्या गरिएको छ। उनीहरूलाई चियामा साइनाइड नामक विष मिसाएर दिइएको पनि प्रहरीले बताएको छ।  

जाँचमा जुटेको प्रहरीका अनुसार हत्या गरिएका ती नागरिकहरूले लगानीका लागि ऋण उपलब्ध गराएका थिए। ऋणको पैसा फिर्ता गर्न नचाहने मनसायले उनीहरूको हत्या गरिएको हुन सक्ने प्रहरीको भनाइ छ।

प्रकाशित: २ श्रावण २०८१ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App