२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पमाथि गोली प्रहार घटनाको विभिन्न राष्ट्रका प्रमुखहरूद्वारा निन्दा

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाप्रति विभिन्न राष्ट्रका प्रमुखहरूले निन्दा गरेका छन्।

अमेरिकाको पेन्सिलभेनियामा चुनावी सभाको क्रममा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार हुँदा उनी घाइते भएका छन्। उनको कानमा चोट लागेको बताइएको छ।

उक्त घटनाको अमेरिकी राष्ट्रपति जो बाइडनले निन्दा गर्दै अमेरिकामा यसप्रकारको घटनाका लागि कुनै स्थान नभएको बताए।

उनले ट्रम्पमाथि भएको घटना निकै दुःखद भएको र यस्ता घटनाको निन्दा गर्नका लागि राष्ट्रलाई एकजुट हुनुपर्ने बताए।

त्यस्तै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले लोकतन्त्रमा राजनीतिक हिंसाको लागि कुनै स्थान नभएको भन्दै ट्रम्पको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको निन्दा गर्दै ट्रम्पको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले ट्रम्पमाथि ज्यान लिनेगरी भएको आक्रमणका लागि लोकतन्त्रमा कुनै स्थान नभएको बताएका छन्।

स्थानीय समय अनुसार शनिवार साँझ ६ः१५ बजेतिर पेन्सिलभेनियामा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा टरम्पमाथि गोली प्रहार भएको थियो। गोली उनको कानमा लागेको भएपनि उनी सुरक्षित रहेका छन्।

घटनामा संलग्न एकजनालाई प्रहरीले गोली हानी हत्या गरेको छ।

प्रकाशित: ३० असार २०८१ ०९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App