१५ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साउदी अरबमा गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार नाघ्यो

साउदी अरबमा गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार नाघेको छ। मृत्यु हुनेमा अधिकांश धार्मिक यात्रा हजमा सहभागी भएकाहरू विभिन्न मुलुकका नागरिक रहेका छन्।

समाचार संस्था एएफपीका अनुसार हजयात्रीका लागि गर्मीबाट जोगिने उचित व्यवस्थापन नभएका कारण मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने छ।

एएफपीले दिएको जानकारी अनुसार भारत, पाकिस्तान, बङ्गलादेश, जोर्डन लगायतका मुलुकका हजयात्रीको गर्मीका कारण मृत्यु भएको हो। मृत्यु हुनेमा सबैभन्दा धेरै इजिप्टका नागरिक रहेको पनि बताइएको छ।

हज यात्राका लागि प्रत्येक वर्ष १८ देखि २० लाख नागरिक साउदी अरह पुग्ने गर्छन्। साउदी प्रशासनका अनुसार यस वर्ष १८ लाख नागरिकले हज यात्रा गरेका छन्। जसमा १६ लाख विदेशी हजयात्री थिए।

साउदी अरबमा प्रत्येक वर्ष हज यात्राको क्रममा अत्यधिक गर्मी, भिडमा च्यापिएर, बिरामी भएर वा दुर्घटनामा परी कैयनले ज्यान गुमाउँदै आएका छन्। तर, यसवर्ष साउदी अरबमा ५१ डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ। जसका कारण हजयात्रीको मृत्यु हुने सङ्ख्या अन्य वर्षको तुलनामा यसवर्ष बढी भएको बताइएको छ।

प्रकाशित: ७ असार २०८१ ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App