१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलङ्कालीहरू इजरायली कृषिमा आकर्षित

श्रीलङ्कालीहरू इजरायली कृषि क्षेत्रमा आकर्षित हुन थालेका छन्। श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराका अनुसार सन् २०२४ को पहिलो महिना जनवरीमा करिब ६ सय श्रीलङ्कालीहरू इजरायल गएका छन्।

उनले गत जनवरीमा ६०२ जना श्रीलङ्काली कृषि कार्यका लागि इजरायल गएको बताए।

मन्त्रीले छिट्टै इजरायली कृषि मन्त्रीलाई भेटेर त्यहाँ कृषि मजदुर पठाउने औपचारिक सम्झौतामा हस्ताक्षर गर्ने जनाकारी समेत दिए। नानायक्काराले गत वर्ष १ हजार ७० श्रीलङ्कालीहरू हेरचाहकर्ताको रूपमा इजरायलमा रोजगारीका लागि गएको पनि जानकारी दिए।

इजरायल आधुनिक प्रविधियुक्त कृषि प्रणालीका लागि विश्वविख्यात छ। रासस

प्रकाशित: ८ फाल्गुन २०८० १३:२२ मंगलबार

कृषि कृषि क्षेत्र श्रीलङ्का श्रम तथा वैदेशिक रोजगार इजरायल कृषि मजदुर