चुनावी चर्चा: दलहरू शिथिल, मतदातामा पनि छैन उत्साह
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पुराना दलहरू अन्योलग्रस्त छन्। दुई दिनको जेनजी आन्दोलनले दलीय सरकार अन्त्य गरिदियो।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पुराना दलहरू अन्योलग्रस्त छन्। दुई दिनको जेनजी आन्दोलनले दलीय सरकार अन्त्य गरिदियो।
जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता भइसकेका छैनन्, कैदीबन्दी जेलबाट भागेर लुकिरहेका छन्।
सरकार र निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक काम सुरू गरिसकेको भए पनि मुलुकका ठुला दलहरू विश्वस्त नहुँदा चुनावी गतिविधि शून्य बराबर देखिएको छ।
हरेक पटक आउने चुनावमा दलहरुले किसानमुखी घोषणा पत्र ल्याउँछन्, तर चुनावपछि खुसीराम जस्ता किसानका माग सम्बोधन हुँदैनन्।
पूर्वमा धरान लाहुरेको बसोबास र पहिचानवादी आन्दोलनको मुख्य केन्द्र मानिन्छ। पछिल्लो समय अधिकतर लाहुरे बेलायतमै बस्दै आएका छन्।
निर्धारित समयमा निर्वाचन हुनेमा राजनीतिक दलहरू र सर्वसाधारण विश्वस्त नभए पनि निर्वाचन भएको अवस्थामा मत बदल्ने मनस्थितिमा मतदाता देखिएका छन्।
नयाँ पार्टी खोल्ने वा पुरानै पार्टीमा जाने विषयमा पनि आफूले धेरै नसोचिसकेको घिसिङले बताए।
चुनावमा गएर के गर्ने बेलुकीको छाक कसरी टार्ने भन्ने चिन्तामा रहनु परेको डुम्रेमा सडक व्यापार गर्दै आएकी गोर्खाको पालुङटार नगरपालिका–७ माहिलीटारकी ५० वर्षीया देवीमाया कुमाल बताउँछिन्। ‘चुनाव आयो भन्छन्। खै कहाँ आयो चुनाव? भोट दियो नेताले जित्छन्। न त फर्केर आउँछन् न त हाम्रो दुःख फेरिन्छन्,’ उनी भन्छिन्,
त्यतिखेरको चुनावमा उम्मेदवार र जनता कसैले पनि पैसा खर्च गर्दैनथ्ये । जितेपछि भोज खुवाउँथे, त्यो पनि सबैले मिलेर । भोट देऊ भनेर भोज खुवाउने चलन धेरै पछिमात्रै आएको हो । यतिखेरको चुनाव त पैसाको राजजस्तो भयो ।’