१७ असार २०८३ बुधबार
image/svg+xml

जसपा नेपालका अध्यक्ष यादवले थाले घरदैलो कार्यक्रम

विकास निर्माणको दृष्टिकोणले जिल्लाकै पछाडि परेको उक्त क्षेत्रको डाक्नेश्वरी नगरपालिकाबाट उनले घरदैलो अभियान थालेका छन् ।

नेपाली सेनाले भन्यो : निर्वाचनमा कानूनविपरीत गतिविधि असह्य

नेपाली सेनाले सुरक्षा निकायहरूबीचको प्रभावकारी समन्वय, सूचना आदान–प्रदान र संयुक्त कार्ययोजनाअनुसार गस्ती सञ्चालन भइरहेको र समग्र सुरक्षा चक्रलाई मजबुत बनाएको दाबी गरेको छ ।

नेपाली जनता दलको घोषणापत्र सार्वजनिक

पार्टीको काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीका पूर्व सांसद तथा राजदूत एवं पार्टी–कार्यकारी अध्यक्ष नवराज सुवेदीले घोषणापत्र सार्वजनिक गरेका हुन्।

व्यवस्थापनमा खारिएका उम्मेदवारले तातेको स्याङ्जा

हिजोसम्म एउटै संस्थालाई अब्बल बनाउन सहकार्य गरेका उनीहरु अहिले बैचारिक र सैद्धान्तिक रुपमा फरक दलबाट उम्मेदवार बनेर एकअर्कासँग एउटै निर्वाचन क्षेत्रमा प्रतिश्पर्धा गरिरहेका छन् ।

शोकका बीच चुनावी यात्राः उम्मेदवार कोराभित्र, घरदैलोमा छोरीहरू

उम्मेदवार ढकाल हिन्दु संस्कारअनुसार १३ दिने काजक्रियामा सेतो वस्त्र धारण गरेर कोरामा बसेका छन् । घरभित्र धार्मिक विधि चलिरहँदा उनको मन भने मतदातामाझ पुग्न नसकेको पीडाले झन भारी बनेको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ६६ दल : ३२ को मात्रै जवाफ

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा ६६ राजनीतिक दल र उम्मेदवारसँग स्पष्टीकरण मागेको छ ।

मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा

निर्वाचनका लागि ५१ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्नेमा ३७ प्रकारका सामग्री प्रदेश निर्वाचन कार्यालयबाट र बाँकी १४ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट आपूर्ति गर्ने व्यवस्था गरिएको छ।

छोराले नै गरे बुवालाई पार्टीबाट निकाल्न सिफारिस, तर किन ?

पार्टीको नीति र विधि विपरीत गतिविधि गरेको भन्दै महाधिवेशन प्रतिनिधि छोराले जिल्ला सदस्य रहेका आफ्नै बुवालाई कारबाहीको माग गरेका छन्।

मतपत्र बाहेकका निर्वाचन सामग्री ताप्लेजुङ आईपुग्यो

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज(विपिन) दुलालका अनुसार मतदान केन्द्रमा पठाईने निर्वाचन सामाग्रीको प्याकिङ सुरु गरिएको हो ।

बाग्लुङ, गोरखाका उम्मेदवार भोट माग्दै चितवनमा

नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेद्वार बनेका प्रकाशचन्द्र दवाडी शनिवार चितवनमा आफ्ना मतदातासँग मत माग्न व्यस्त थिए ।

विश्वप्रकाश शर्माको दाबीः आसन, भाषण र शासनमा सुधार गर्छौं

निर्वाचन प्रचार अभियानको पहिलो दिन लमजुङमा आयोजित खुला सभालाई सम्बोधन गर्दै उनले सत्तामा लामो समयसम्म एउटै व्यक्ति बसिरहने परम्पराको अन्त्य गरिने बताए ।

फागुन २१ मा निर्वाचन नभए के हुन्छ ?

निर्वाचनका लागि अब १७ दिनमात्र बाँकी छ । यति छोटो समय हुँदा पनि एकथरी मानिसहरु अझै निर्वाचन हुने/नहुनेमा आशंका व्यक्त गरिरहेका छन् ।

काठमाडौं-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौं–५ मा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा, नेपाल कम्युनिष्ट पार्टीका कल्पना शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल उम्मेदवार छन्।

‘आश्वासन बाँड्छन्, तर चुनाव जितेपछि फर्केर आउँदैनन्’

उनका दुई छोरा र बुहारी पनि कृषिमै आबद्ध छन्। समय–समयमा छोराहरू बाहिरतिर पनि कमाई गर्न जान्छन्। गाउँमा बिजुली, सञ्चार, बाटो घाटो, स्वास्थ्य र शिक्षा क्षेत्रको भने राम्रै विकास भएको उनको ठम्याई छ। स्थानीय सिमलघारी–चाँदनी चोक जोड्ने सडक भने केही ठाउँमा मर्मत गर्नुपर्ने अवस्थामा पुगेको थारुले सुनाए।

दल र उम्मेदवारलाई निर्वाचन आयोगको ६३ बुँदे निर्देशन: प्रचारप्रसार फागुन ४ देखि १८ सम्म

निर्वाचन आयोगले यही फागुन २१ मा हुने निर्वाचनमा होमिएका राजनीतिक दल तथा उम्मेदवारलाई २०८२ साल फागुन ४ देखि १८ सम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चारमाध्यममा प्रचार–प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न समयसीमा तोक्दै ६२ बुँदे निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्