७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

नियन्त्रणमै आएन कोरोना संक्रमण: भेरी अस्पतालमा एकै रात दुई संक्रमितको मृत्यु

बाँकेमा बढेको कोरोना भाइरस(कोभि- १९)नियन्त्रणमा आउनै सकेको छैन। संक्रमण नियन्त्रणमा नआउँदा दिनहुँ मृत्युदर बढ्दै गएको छ। यसै क्रममा संक्रमणबाट बाँकेमा एकै रात थप दुई जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँके र दाङका छन्। दुवै जनाको भेरी अस्पताल नेपालगन्जमा आइतबार राति मृत्यु भएको हो।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार संक्रमणबाट खजुरा गाउँपालिका वडा – ४, बाँकेकी ७५ वर्षीया महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा गत भदौ २८ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो।

त्यसपछि उनी भोलिपल्ट भेरी अस्पतालमा भर्ना भएकी थिइन्। स्वास्थ्यमा कुनै सुधार नआएपछि उनको आइतबार बेलुकी ७ बजेर २० मिनेटमा मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए।

यस्तै दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का २ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ। दाङमा गत भदौ १ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो। त्यसपछि उनी भोलिपल्ट भेरी अस्पताल नेपालगन्ज आएर भर्ना भएका थिए। स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएपछि उनको आइतबार बेलुकी ७ बजेर ३० मिनेटमा मृत्यु भएको फोकल पर्सन ओलीले बताए।

योसँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३२ जनाको मृत्यु भइसकेको छ । यस्तै कोरोना संक्रमण भएर उपचारका लागि आएका बाहिरी जिल्लाका ४ सय १४ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ।

प्रकाशित: ४ आश्विन २०७८ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App