काठमाडौं महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने भएको छ। डुबान र कटानको जोखिम घटाउन ती स्थानमा बक्स कल्भर्ट निर्माण गरिने भएको हो।
बागबजार नजिक टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गरिने महानगरका सब इन्जिनियर दीपकबहादुर शाहीले जानकारी दिए। त्यसका लागि ५७ लाख ७२ हजार ६९४ रुपैयाँमा आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ।
त्यसैगरी, बबरमहल भएर बग्ने धोवीखोला किनारको रोजबड स्कुल नजिक पनि रु दुई करोड २१ लाख २३ हजार ८९९ को लागतमा बक्स कल्भर्ट निर्माण गरिने जानकारी उनले जानकारी गराए। आगामी पुस मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ। रासस
प्रकाशित: १७ माघ २०८२ १२:३५ शनिबार





