राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही क्षेत्र नं २ मा नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारहरूमा कुनै सत्यता नरहेको बताएको छ।
राप्रपाले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको बताउँदै उक्त खण्डन गरेको हो। पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ, 'पार्टीको नीति विपरीत यस्ता कार्यमा संलग्न हुने कुरा अनुशासनको विषय बन्छ। प्राविधिक रुपमा राप्रपाको उमेदवारी खाली हुन गएको त्यस क्षेत्रमा समानुपातिक तर्फको मत जुटाउन पार्टी पंक्ति र मतदातालाई राप्रपा अनुरोध गर्दछ।'
पार्टीको नीति विपरीत यस्ता कार्यमा संलग्न हुने कुरा अनुशासनको विषय बन्ने उनले बताए। 'पार्टीको नीति विपरीत यस्ता कार्यमा संलग्न हुने कुरा अनुशासनको विषय बन्छ। प्राविधिक रूपमा राप्रपाको उम्मेदवारी खाली हुन गएको त्यस क्षेत्रमा समानुपातिक तर्फको मत जुटाउन पार्टी पंक्ति र मतदातालाई राप्रपा अनुरोध गर्दछ,' श्रेष्ठले विज्ञप्तिमार्फत भनेका छन्।

प्रकाशित: १८ फाल्गुन २०८२ १२:३५ सोमबार





