१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

आरिफको अर्धशतक : नेपालले मुम्बईलाई दियो १८४ रनको लक्ष्य

नेपालले मुम्बई एमसीए प्रेसिडेन्ट-११ सँगको जारी दोस्रो अभ्यास खेलमा मुम्बई एमसीएलाई १८४ रनको लक्ष्य दिएको छ।

शनिबार मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनायो।

नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार गरे। उनी ४२ बलमा ६६ रन बनाउँदै नटआउट रहे। नेपालका ओपनर आशिफ शेख २५ रन र अर्का ओपनर लोकेश बम १५ रन बनाएर आउट भए।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले यसअघि मुम्बई एमसीए प्रेसिडेन्ट-११ लाई पहिलो अभ्यास खेलमा ७ विकेटले पराजित गरेको थियो।

प्रकाशित: १७ माघ २०८२ १३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App