१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

धादिङका स्थानीय सरकारलाई २१ लाखको स्वास्थ्य सामग्री सहयोग

धादिङका स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराइँदै । तस्बिर : सरिता/नागरिक

धादिङका स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । वान हार्ट वल्डवाइडले मास्क, ग्लोब्स, प्लास्टिक व्याग, अक्सिमिटर लगायत १२ किसिमका स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको हो । स्वास्थ्य कार्यालय मार्फत जिल्लाका १३ वटै स्थानीय तहलाई २१ लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराइएको वान हार्टका एजुकेटिभ डाइरेक्टर सुर्य भट्टले बताए ।  

जिल्ला जिल्लामा पुगेर स्वास्थ्य सुरक्षा सामग्री सहयोग गर्दै आएको बताउँदै भट्टले कोभिड दोश्रो महामारीमा मात्रै विभिन्न जिल्लामा गरी २५ करोड बराबरको सहयोग गरिसकेको जानकारी दिए । वानहार्टले धादिङमा विगतदेखि नै मातृशिशु मृत्युदर न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएको छ ।  

जिल्लामा स्वास्थ्य सेवामा पहुँच बढेको भएपनि गुणस्तरमा अझैं सुधार आवश्यक रहेको छ । पूर्वतयारी नहुँदा विपद् परेको बेला ठूलो क्षति हुने गरेको छ । वान हार्टले उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामग्री केही स्थानीय तहलाई उपलब्ध गराइसकिएको र केही स्थानीय तहलाई पुर्‍याउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पौडेलले जानकारी दिए।

प्रकाशित: १४ असार २०७८ १३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App