सरकारले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
उनका अनुसार बैठकले आगामी २८ गते अपराह्न ४ बजे बस्ने संघीय संसद् बैठकलाई सम्बोधनका लागि राष्ट्रपति पौडेललाई अनुरोध गर्ने निर्णय गरेको हो।
प्रकाशित: २५ वैशाख २०८३ १२:५८ शुक्रबार





