३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
शिक्षा

लुम्बिनी बौद्ध विश्वविद्यालयको सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तर्राष्ट्रिय शिक्षा तथा सांस्कृतिक आदान–प्रदान दूत’ नियुक्त गरेको छ।  

उपकुलपति प्राध्यापक डा सुवर्णलाल बज्राचार्यले फुलाई दूत नियुक्तिको प्रमाणपत्र प्रदान गरेका हुन्।  

विश्वविद्यालयले दूतमा नियुक्त चिनियाँ नागरिक फु च्याङले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रवद्र्धन तथा सांस्कृतिक आदानप्रदान तथा पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको जनाएको छ।  

सन् २०२५ देखि सोही विश्वविद्यालयमा बौद्ध दर्शनशास्त्र अध्ययनरत उनले चीनबाट परोपकारी सहयोग जुटाएर नेपाली ग्रामीण बस्तीमा इनार निर्माण, विश्वविद्यालय पुस्तकालयमा सहयोगलगायत विभिन्न परियोजनामा सक्रिय योगदान पुर्याएका विश्वविद्यालयले जनाएको छ।

नवनियुक्त दूत फु छियाङले बौद्ध दर्शनशास्त्र अध्ययनमा आफ्नो शैक्षिक यात्रालाई अझ सुदृढ बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा बौद्ध शिक्षाको प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएका छन्।  

उनले नेपालकै एक मात्र बौद्ध विश्वविद्यालयको पहिचान र बौद्ध धर्मको वास्तविक सार विश्वसामु प्रस्तुत गर्ने लक्ष्य लिएका छन्।  

विश्वविद्यालयले पनि आगामी दिनमा अन्तर्राष्ट्रिय सहकार्य र सांस्कृतिक आदान–प्रदानलाई अझ सशक्त बनाउने विश्वास लिएको छ।

प्रकाशित: २५ वैशाख २०८३ १४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App