३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

संघीय संसद् सचिवालयमा कुनै पनि ट्रेड यूनियन अस्तित्वमा छैन

संघीय संसद् सचिवालयमा कुनै पनि ट्रेड यूनियन अस्तित्वमा नरहेको जानकारी गराएको छ।

सचिवालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। सङ्घीय संसद् सचिवालयको कर्मचारी युनियन सम्बन्धी व्यवस्था परिमार्जित केही नेपाल ऐनमा नरहेको हुँदा कर्मचारी युनियन अब अस्तित्वमा नरहेको बताएको हो।

शाखा अधिकृत विमल परियारद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, संवत २०८३ सालको अध्यादेश नं. ७ ले सङ्घीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा ७३ मा रहेको व्यवस्था संसोधन गरे पश्चात सङ्घीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ को उक्त दफा बमोजिम अस्तित्वमा रहेको सङ्घीय संसद् सचिवालयको कर्मचारी युनियन सम्बन्धी व्यवस्था उक्त ऐनमा नरहेको हुँदा कर्मचारी युनियन अब अस्तित्वमा नरहेको व्यहोरा सचिवालयको मिति २०८३/०१/२४ को निर्णयबमोजिम सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।'

प्रकाशित: २५ वैशाख २०८३ १४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App