३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ। सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदीको मोल भने रु २५ ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ३०० कायम भएको छ। गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २७५ मा  खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २७ वैशाख २०८३ ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App