२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

रहस्यमय गाडी पार्किङ-विनाशकाले विपरीत बुद्धि: शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग अवरुद्ध हुने गरी रहस्यमय ढंगले गाडी पार्किङ गरिएको घटनाप्रति टिप्पणी गर्दै यसलाई सञ्चार माध्यम र समाजलाई भयभित बनाउने बचकना प्रयास भएको बताएका छन् ।  

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै, “विनाशकाले विपरीत बुद्धि” भन्दै सञ्चार प्रतिष्ठानको बाटो छेक्ने गरी गरिएको पार्किङले स्वतन्त्र सञ्चारमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास भएको उल्लेख गरेका छन् ।

यस्तो गतिविधिले सञ्चार माध्यम र समाजलाई त्रसित बनाउने उद्देश्य बोकेको देखिएको भन्दै यस्ता बचकना हर्कतले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउन नसक्ने बताए ।

 

 

प्रकाशित: २९ असार २०८३ १८:५२ सोमबार