३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अभिनेता विजयले लिए तमिलनाडुको नवौं मुख्यमन्त्रीको सपथ

तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रूपमा सपथ लिएका छन्।

यससँगै, राज्यमा लगभग छ दशकदेखि चलिरहेको दुई प्रमुख द्रविड दलहरू डिएमके र एआईएडिएमकेको पालैपालो सत्तामा आउने युगको अन्त्य भयो।

तमिलनाडुका गभर्नर राजेन्द्र विश्वनाथ अर्लेकरले आइतबार विजयलाई पद तथा गोपनीयताको सपथ गराए।

२३४ सदस्यीय विधानसभामा १२० निर्वाचित विधायकहरूको समर्थन प्राप्त गरेपछि विजयलाई शनिबार सरकार गठन गर्न आमन्त्रित गरिएको थियो।

विजयले बिहान १० बजे चेन्नईको नेहरू स्टेडियममा शपथ लिए। टिभीकेका केही वरिष्ठ नेताहरू सहित नौ अन्य मन्त्रीहरूले पनि पद तथा गोपनियताको सपथ लिए।

विजयले कांग्रेसको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन्। राज्यपालले विजयलाई मे १३ वा सोभन्दा अगाडि विधानसभामा विश्वासको मत लिन निर्देशन पनि दिएका छन्।

सपथ लिने नौ मन्त्रीहरूमा 'बुसी' एन आनन्द, आधव अर्जुन, केजी अरुणराज, केए सेंगोटियान, पी वेंकटरामनन, सीटीआर निर्मलकुमार, ए राजामोहन, टीके प्रभु र एस कीर्तना छन्।

प्रकाशित: २७ वैशाख २०८३ १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App