coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

रौतहटको सरकारी अस्पतालमा पिसिआर परीक्षण सुरु

रौतहट सदरमुकाम गौरस्थित जिल्ला सरकारी अस्पतालमा पिसिआर परीक्षण मेसिन संचालनमा आएको छ। प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले एक कार्यक्रमबीच पिसिआर परीक्षण ल्याब संचालन र उद्घाटन गरेपछि मेसिन संचालनमा आएको हो।

बिहीबार संकलन गरी दश जनाको स्वाब परीक्षण गरिएकोमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतबाट जानकारी प्राप्त भएको छ। अस्पतालका ल्याब प्राविधिक अनुठा राय यादवले दश जनाको परीक्षण गरिएकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको बताउँदै मेसिनले राम्ररी काम गरिरहेको बताएका छन्।

यादवले शनिबार दुर्गा भगवती गाउँपालिकामा परीक्षणका लागि स्वाब संकलन हुने र त्यहीबाट ल्याबको औपचारिक काम सुरु हुने बताएका छन्। अब ल्याब नियमित परीक्षणको लागि तयार भएको छ, रौतहट आत्म निर्भर बनेको छ, उनले बताए।

प्रदेश सरकार र स्थानीय निकायको सहयोगमा जिल्ला पिसिआर मेसिन जडान भएको हो। मेसिनले ६ घन्टामा ७२ वटा स्वाब परीक्षण गर्ने क्षमता रखेको छ। जिल्लाको ल्याब संचालनमा आएपछि पिसिआर परीक्षणको नतिजा छिटै आउने अस्पतालका प्रमुख डा. कृष्ण साहको भनाइ छ।

प्रकाशित: ३ आश्विन २०७७ ०७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App